Saturday, January 23, 2021

आन्तरीक पर्यटन मेलाको तयारी तिब्र, स्टल बुकिङ जारी

प्रकाशित मिति: 2019/12/04

मंसिर १८, काठमाण्डौ । यही फागुन ९ र १० तदनुसार (फेब्रुअरी २१ र २२) तारिकका दिन हुने  दोस्रो आन्तरीक पर्यटन मेला(डोमेस्टीक टूरीजम मार्ट) डीटीएमको आन्तरीक तयारीलाई तिब्र पारिएको छ ।

गन्तव्य नेपाल गु्रप अन्तर्गत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले मेलालाई भव्य र सब्य बनाउन तयारीलाई तिब्रता दिईएको छ । भृकुटी मण्डप प्रदर्शनी हल सहितको चौरमा आयोजना हुने मेलालाई सफल बनाउनको लागि डीटीएम सल्लाहकार समिती, गुडवील एम्बेसडर, ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम कानुनी सल्लाहकार कमिटी, प्रचारप्रसार संयोजक, डीटीएम मिडिया संयोजक, डीटीएम अन्तर्राष्ट्रिय बिभाग प्रमुख लगायतका बिभागहरु गठन गरिसकिएको आयोजकले जनाएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र निजी क्षेत्रका व्यावसायीहरुलाई उत्प्रेरणा थप्दै एकै थलोबाट देश चिनाउने अभियानका रुपमा मेलाले महत्वपूर्ण योगदान पूर्याउने ईभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी अबिरलले बताए ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ गत बैशाखमा सञ्चालन भएको पहिलो आन्तरीक मेला बिशाल जनसमुदायका बिच सम्पन्न भएसँगै त्यसैको निरन्तरता स्वरुप देश चिनाउने र मुलुकको ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको सचित्र पहिचान र प्रवद्र्धन गर्ने उहाँले बताउनुभयो ।
बिदेशी पर्यटकहरु राजधानी काठमाण्डौ, पोखरा र चितवनमा मात्रै केन्द्रित रहँदै आएकोमा उजागर हुन नसकेका पर्यटकीय गन्तव्यहरुको चिनारी मेलामा आर्कषणका रुपमा संयोजक माधबप्रकाश सुबेदीले बताउनुभयो ।
हाल स्टल बुकिङको काम धमाधम भईरहेको भन्दै स्टल राख्न ईच्छुक व्यावसायीहरुले गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टको सचिवालयमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

तपाईंको बिचार