Sunday, January 17, 2021

नाट्टा अध्यक्षका उमेद्धवार अच्यूत गुरागाँई को हुन ?

प्रकाशित मिति: 2019/12/05

मंसिर १९, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को आगामी जनवरीमा हुने निर्वाचनका लागि अध्यक्षमा अच्यूत गुरागाँईको नाम चर्चामा छ ।

सी एण्ड स्काई ट्राभल एण्ड टूर्सका सञ्चालक गुरागाँई विगत २० बर्षदेखी नेपाली पर्यटन क्षेत्रमा संलग्न छन । सोही बेलादेखी उनी नाट्टाको सदस्य थिए ।
नाट्टा सदस्य, सचिब, महासचिब हुँदै बरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका गुरागाईको नेतृत्वमा बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्टको सुरुवात भएको छ । नेपाल सरकारसँग सहकार्य गरी नाट्टाका तर्फबाट सर्किटको खाका तयार पार्ने योजनाकार गुरागाँई नै हुन ।
अंग्रेजी साहित्यमा मास्टर्स गरेका गुरागाँई केही समय राजधानीको एपेक्स कलेजमा टूरीजम एण्ड ईन्टरप्रिनरसीप बिषय अध्यापनमा समेत संलग्न भए । बौद्धिक र मार्गदर्शक छबी भएका उनै गुरागाँई यसपटक नाट्टाको नेतृत्व लिन तयार छन ।
नाट्टा सदस्यहरुको हित समेट्दै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सरकारसँग सहकार्य गर्ने उनको योजना छ । विगतमा अलमलिएको नाट्टालाई नयाँ उचाईमा पुर्याउन मेरो व्यक्तिगत योजना प्रयोग गर्ने कोशिसमा छु, उनले भने ।
को हुन अच्यूत ?
नुवाकोटको बालकुमारीमा १९६६ जुलाई ४ तारिकका दिन जन्मिएका हुन उनी । बाल्यकाल गाँउमै बित्यो । २०४१ सालमा एसएलसी दिएपश्चात अर्को बर्ष उनी थप अध्ययनका लागि काठमाण्डौ आए । मध्यमबर्गीय परिवारका उनी आरआर कलेजमा अध्ययन गर्दैगर्दा अध्ययन खर्च जुटाउनकै लागि पर्यटन क्षेत्रमा प्रवेश गरे । गाँउमा रहँदा घरमाथिबाट ट्रेकिङ, राफ्टिङमा जाने गोरा छाला भएका पर्यटकहरुबाट आर्कषित भएका उनी सुरुमा ‘ईन्टरनेशनल ट्राभल सर्भिस’मा काम गर्न थाले । त्यसपछि, ट्रेकिङ गाईड, राफ्टिङमा समेत काम गरेका गुरागाँई सन १९९६ मा आईपुग्दा हालको कम्पनी ‘सी एण्ड स्काई’को सञ्चालक भएपछाडी उनले पछाडी फर्केर हेर्नु परेन ।
अंग्रेजी साहित्यमा मास्टर्स गरिसकेपछि अध्यापन पेशा अंगाल्ने की पर्यटन केही समय उनलाई दुबिधा पनि थियो रे । अध्ययन समाप्तीसँगै उनले पर्यटनमै भबिश्य खोज्ने निर्णय गरे, आज प्रशिद्ध पर्यटन व्यावसायीका रुपमा स्थापित छन । सन २००२ देखी लायन्स क्लब ईन्टरनेशनमा आबद्ध भएका उनी समाजसेवाका क्षेत्रमा समेत महत्वपूर्ण भुमिका  निर्वाह गर्दै आएका छन ।

तपाईंको बिचार