Monday, January 18, 2021

पाटा नेपालमा बिभुती ठाकुर निर्बिरोध, कोषाध्यक्षमा भने अनुज र खेमराजबिच प्रतिस्पर्धा हुने

प्रकाशित मिति: 2019/12/17

पुस १, काठमाण्डौ । पाटा नेपाल च्याप्टरको ४३ औ बार्षिक साधारणसभासहितको निर्वाचन भोली पुस २ गते पार्क भिलेजमा हुने भएको छ । गत मंसिर २९ र ३० गते भएको मनोनयन दर्तामा कोषाध्यक्ष बाहेकका सबै पदमा निर्बीरोध भएका छन । कोषाध्यक्षमा अनुज पाण्डे र खेमराज लंकाईबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

बिभुती चन्द्र ठाकुर अध्यक्ष, दिपकराज जोशी प्रथम उपाध्यक्ष, टंकनिधी दाहाल द्धितिय उपाध्यक्ष, शिबप्रसाद ढकाल महासचिव पदमा निर्बिरोध निर्वाचित भईसकेका छन ।  कोषाध्यक्ष पदको उमेद्धवार भने निर्वाचनबाट टुंगो लाग्ने छ । 
यस्तै सदस्यहरुमा रित्तल राना, अब्दुल्लाह टंकर, टिकाराम सापकोटा, मञ्जनी श्रेष्ठ, टासी गुरुङ, नरेन्द्र भट्ट र रामकुमार बाराकोटी भने निर्बिरोध निर्वाचित भएका छन । यद्यपी आधिकारीक घोषणा भोली हुने निर्वाचनमा गरिने पाटा नेपालले बताएको छ ।
प्रोक्सी उमेद्धवारहरुमा लाक्पा फूरी शेर्पा सचिब, सुनिलकुमार भुसाल कोषाध्यक्ष पदमा निर्बिरोध भएका छन । यस्तै सदस्यहरुमा कुलप्रसाद सुबेदी, सञ्जय भक्त माथेमा, पृथ्बी श्रेष्ठ र लिलाधर भण्डारी निर्बिरोध भएका छन ।
 

तपाईंको बिचार