Monday, January 18, 2021

पर्यटकीय क्षेत्रमा पहिलोपटक बिधुतिय सवारी साधन सञ्चालनमा

प्रकाशित मिति: 2019/12/17

पुस १, काठमाण्डौ । नेपाल टूरिष्ट भेईकल एसोसिएसनका निबर्तमान अध्यक्ष तथा नेपाल कम्फर्ट टूर्स सर्भिसका सञ्चालक रामशरण कार्कीले बाताबरण मैत्री पर्यटक सवारी सञ्चालनमा ल्याएका छन ।

बातावरणीय प्रभाब न्यूनीकरणका लागि पर्यटनमा पहिलो पटक महिला चालकहरुलाई प्रोत्साहन गर्ने गरी बिधुतिय सवारी सञ्चालनमा ल्याएको उनले बताए ।
हाल कार्कीसँग साना ठुला सवारी गरी २७ वटा पर्यटकीय गाडी रहेको छन । जसमध्ये २ वटा बिधुतीय गाडी(कार) हाल सञ्चालनमा रहेको र अन्य २ वटा बिवाईडी एमथ्री ७ सिटे भ्यान छिट्टै आयात गरिने बताए । बिधुतिय पर्यटक सवारी नेपाल अधिराज्यभरको प्रमुख पर्यटकीय क्षेत्रमा सञ्चालनमा ल्याईएको उनले बताए । पोखरा, चितवन, लुम्बीनी, हेटौँडा क्षेत्रमा चार्जिङ स्टेशन रहेको र २ घण्टामा फुल चार्ज हुने उनले बताए । चार्जपश्चात ४ सय किलोमिटर कुदाउन सकिने उनले बताए । अब आन्तरीक तथा बाह्य पर्यटकले महंगो भाडा तिर्नु नपर्ने, ईन्जीनको कालो धुवाँ सुध्ने दिन गएको समेत उनले बताए । चिनबाट आयात गरिएको बिवाईडी कम्पनीको  गाडी उच्च स्तरको रहेको र बाताबरणमा समेत कुनै असर नपर्नुका साथै दुर्घटना समेत न्यून हुने संभावना रहेको उनले बताए । एक प्रशंगमा महिला चालक रहँदा मद्यपान, धुम्रपान, गालीगलौजबाट मुक्त रहनुका साथै बाताबरणमैत्री समेत रहने उनको भनाई छ ।

तपाईंको बिचार