Tuesday, January 19, 2021

पत्रकार जनार्दन अर्यालको संयोजकत्वमा राष्ट्रिय टोपी दिवस मुल कमिटी गठन

प्रकाशित मिति: 2019/12/17

पुस १, काठमाण्डौ । गन्तव्य नेपाल गु्रपद्धारा १३औँ राष्ट्रिय टोपी दिवस भव्य र सब्य रुपमा मनाउन नाटोजका केन्द्रिय सदस्य तथा फोटो पत्रकार जनार्दन अर्यालको संयोजकतत्वमा ११ सदस्यीय राष्ट्रिय टोपी दिवस समारोह समिति गठन गरेको छ ।

गत १३ बर्षदेखी निरन्तर रुपमा आयोजना गरिदै आएको राष्ट्रिय टोपी दिवसको प्रभातफेरी ठमेलस्थीत सञ्चयकोषबाट सुरु भई बसन्तपुर पुगेर समापन हुनेछ । प्रभातफेरीमा पर्यटन बिभागका डाईरेक्टर, पर्यटन बोर्ड, भिजिट नेपाल २०२० का साथै पर्यटन क्षेत्रका बिभिन्न संघसस्था र स्थानिय भद्रभलाद्मीहरुको सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ । गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै संयोजक अर्यालले यो राष्ट्रिय पहिचानलाई पर्यटनसँग जोडेर राष्ट्रकै सानलाई उँचो तुल्याउने आफ्नो अभियान भएकाले सम्पूर्ण पर्यटन व्यावसायी, शुभचिन्तक तथा पर्यटनसँग सरोकारवाला निकायहरुको सक्रिय सहभागिताका लागि अनुरोध समेत गरेका छन । उनले राष्ट्रिय टोपी प्रभातफेरी सुरु हुने अघि नै कार्यक्रम स्थलमै वितरण गरिने पनि बताए ।

तपाईंको बिचार