Saturday, January 23, 2021

फोब्र्समा बर्दिया राष्ट्रिय निकुञ्ज घुमघामको चर्चा, संसारकै उत्कृष्ट गन्तब्यमा सूचीकृत

प्रकाशित मिति: 2019/12/17

पुस १, काठमाण्डौ । । न्युयोर्ककी क्याथरिन पार्कर मग्यरले संसारभर भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन् । गत शनिवार उनको यो अनुभवसहितको लेख फोब्र्समा प्रकाशित छ ।  मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छन् । सन् २०२० मा ’वन्स इन अ लाइफटाइम’ अन्तर्गत एड्भेन्चरस र लक्जरियस पर्यटनमा नेपाललाई पहिलो गन्तब्यमा सूचीकृत गरिएको रिपोर्टमा छ । ब्याक प्याकिङबाहेक नेपाल आफैंमा प्राकृतिक सौन्दर्यता भरिपूर्ण र काठमाडौंको द्वारिकाज होटलले जीवित संग्रहालयको आभास दिनुका साथै वर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमार्फत प्रत्यक्ष रूपमा वन्यजन्तुको अवलोकन गर्दाको अनुभव उनले उल्लेख गरेकी छन् । पर्यटकले नेपालको पश्चिमी क्षेत्रबाट आफ्नो भ्रमण सुरू गर्नु उपयुक्त रहेको उनले बताएकी छन् । हात्ती सफारीका लागि उनले सन् १९६४ मा पारिवारद्वारा संचालित टाइगर टप्सको भगिनी कम्पनी थारूलज मार्फत सिफारिस गरेकी छन्। चितवनमा हात्तीमार्फत जंगल सफारीसँगै नारायणी नदीको तिरमा बसेर सूर्य नमस्कारको मनोरम दृश्यावलोकन गर्न सकिने लेखमा छ । चितवनमा एकसिङे गैंडा र बाघ लगायत विभिन्न प्रजातिका वन्यजन्तु हेर्न र तिनको आवाज सहजै सुन्न सकिन्छ ।

 
 

 

तपाईंको बिचार