Friday, January 22, 2021

राजधानी ६ बजे नै सुत्छ, भ्रमण बर्षमा नाईट लाईफ व्यूताउँनुपर्छ : योगेश भट्टराई

प्रकाशित मिति: 2019/12/25

९ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ६ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राखौं, मठमन्दिरलाई लाइटिङ गरौं ।’

मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गरे । उपत्यकाभित्रका सम्पदा जोड्ने गरी बस चलाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न आग्रहसमेत गरे । मन्त्रालयले बुधबार काठमाडौं उपत्यका भित्रका स्थानीय तहका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीबारे छलफल गरेको छ । उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा भन्दा विदेशमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्न सुझाव दिए । उनले भ्रमण वर्षमा काठमाडौं महानगरपालिकाले सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरे ।

 

तपाईंको बिचार