Sunday, January 17, 2021

पर्यटन परिषद्मा चेवन देबकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन

प्रकाशित मिति: 2019/12/26

पुस १०, काठमाण्डौ । समाजबादी पार्टी निकट नेपाल पर्यटन परिषद् पुर्नगठन भएको छ ।

चेबन देबकोटाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा मेघनाथ तिमिल्सीना(ठाकुर), उपाध्यक्ष दावा ग्याल्जेन लामा, सचिबमा सुरेश अम्गाई र कोषाध्यक्षमा तारालाल धरेल सहित २१ सदस्यीय कार्यसमिति तयार भएको हो ।
यसअघि समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा युवा पर्यटन  व्यावसायी गोपालबाबु श्रेष्ठको संयोजकत्वमा रहेको समिति पुर्नगठन भएको हो ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै श्रेष्ठले नयाँ साथीहरुलाई नेतृत्व बिकास गर्ने र पर्यटन परिषद्लाई स्वतन्त्र संस्थाको रुपमा बिकास गर्न नयाँ कार्यसमिति पुर्नगठन गरिएको बताए ।

तपाईंको बिचार