Saturday, January 23, 2021

आज ठमेलमा भ्रमण बर्षको लोगो अंकित मण्डलामा दिप प्रज्वलन गरिने

प्रकाशित मिति: 2019/12/30

काठमाण्डौ । नेपाल भ्रमण बर्षलाई भव्य रुपमा मनाउन ठमेल सञ्चयकोशमा भ्रमण बर्षको लोगो अंकीत मण्डला निर्माण गरी सजाईएको छ ।

सरकारले भ्रमण बर्षलाई टुँडीखेलबाट जनवरी १ का दिन औपचारिक कार्यक्रम गर्ने बताईरहेका बेला मुलुककै पर्यटकहरुको केन्द्रबिन्दूमा रहेको ठमेलमा क्रियाशिल व्यावसायिक संगठनहरुले पनि ऐक्यबद्धता जनाउन मण्डला निर्माण गरी आज दिप प्रज्वलन गरिदैछ ।
ठमेलमा क्रियाशिल पर्यटकीय संस्थाहरु नेपाली कांग्रेस सम्बद्ध नीट नेपाल, समाजबादी पार्टी निकट पर्यटन परिषद्, पर्यटन व्यावसायी संगठन नेपाल, राष्ट्रिय पर्यटन व्यावसायी संगठन, नेपाल पर्यटन व्यावसायी संगठनको संयुक्त संलग्नतामा सोमबार अपरान्ह ४ बजे दिप भ्रमण बर्षको लोगो अंकीत मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
ठमेल पर्यटन बिकास परिषद् समेतले समन्वय गरेको उक्त कार्यक्रममा ठमेल क्षेत्रका स्थानिय, व्यावसायी, बिदेशी पर्यटक तथा सर्वसाधरणहरुले भ्रमण बर्षको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा सक्रिय सहभागिता जनाउनेछन ।
सरकारले घोषणा गरेको भ्रमण बर्षको कार्यक्रमलाई मुलुककै पर्यटकीय हब ठमेलबाट मुलुकभरी फैलाउन र सरकारसँग हातेमालो गर्नका लागि दिप प्रज्वलन सहितको कार्यक्रम आयोजना गरिएको अभियन्ता मध्येका एक नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्व सदस्य राजेन्द्र सापकोटाले बताए ।

तपाईंको बिचार