Wednesday, January 20, 2021

आज ठमेलमा न्यू ईयर इभ बिशेष भव्य कार्यक्रमको सुरु

प्रकाशित मिति: 2019/12/31

पुस १५, काठमाण्डौ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी)ले ‘न्यू ईयर ईभ विशेष’ कार्यक्रम आयोजना गर्ने भएको छ । 
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ आज  डिसेम्बर ३१ तारिकका दीन न्यू ईयर ईभ बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
ठमेलमा हुने कार्यक्रममा नेपाल भ्रमण बर्षलाई भव्य रुपमा स्वागत गर्ने योजनाका साथ कार्यक्रम आयोजना गरिएको टीटीडीसी की बरिष्ठ उपाध्यक्ष तथा न्यू ईयर कार्यक्रमकी संयोजक गीता गुरुङले बताउनुभयो । न्यू ईयर ईभ कार्यक्रम अन्र्तगत बेलुकी ५ देखी ६ बजे सम्म औपचारिक कार्यक्रम हुनेछ । ६ देखी ७ बजेसम्म कल्चरल कार्यक्रम, ७ देखी ८ नेवारी क्लासिकल म्युजिक कार्यक्रम र त्यसपछि १२ बजे ह्याप्पी सेलिब्रेसनको अवधिसम्म ननस्टप डीजे म्युजिक प्रश्तुत हुने संयोजक गुरुङले बताउनुभयो ।
प्रदेश नम्बर ३ का बन, संस्कृति तथा पर्यटनमन्त्री अरुण नेपालको प्रमुख आथित्यतामा सम्पन्न हुने कार्यक्रममा प्रदेश सांसद राजिब गुरुङ, भ्रमण बर्ष संयोजक सुरज बैद्य लगायत पर्यटन सम्बद्ध बिभिन्न संघ संस्थाका प्रतिनिधी, व्यावसायी लगायतको उपस्थीति रहने आयोजकले जनाएको छ । ठमेल पर्यटनको केन्द्रबिन्दु भएकाले देशभरीकै पर्यटनको स्थीतिलाई सुरुवाती दिनदेखी नै चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको संयोजक गुरुङले बताउनुभयो । कार्यक्रममा बिभिन्न क्षेत्रका कलाकारहरुको समेत उपस्थीति रहने बताईएको छ । ठमेलमा बिगतदेखी नै हुने बिभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुको गुरुङले नेतृत्व गर्दै आएकी छन । ठमेल हुने सबै महत्वपूर्ण कार्यक्रमहरुको ईभेन्ट म्यानेजमेन्टकी संयोजकका रुपमा उनी देखापरेकी छन । सामाजिक सेवामा उनको योगदान बिगतदेखी नै जारी छ । ८० बर्षभन्दा बढि उमेरका बृद्धबृद्धाहरुलाई सम्मान, होटल व्यावसायमा संलग्न व्यावसायीहरुलाई सम्मान, सार्क च्याम्पीयन खेलाडीहरुलाई सम्मान तथा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यमा टीटीडीसीका माध्यमबाट उनले नेतृत्व प्रदान गर्दै आएकी छन । ठमेल परिषद्मा बरिष्ठ उपाध्यक्षका रुपमा उनलाई व्यावसायी र स्थानियहरुले देखाएको भरोसाका पछाडी पनि उनको यही सामाजिक छबी प्रमुख रहेको छ ।

 

तपाईंको बिचार