Wednesday, December 8, 2021

टूर्गानको भब्य बनभोज कार्यक्रम सुकुटेमा जारी, आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य

प्रकाशित मिति: 2020/01/02

पुस १७, काठमाण्डौ । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)को आयोजनामा सिन्धुपाल्चोक स्थीत सुकुटे बिच रिर्सोटमा बृहत बनभोज कार्यक्रम आयोजना भएको छ ।
आज काठमाण्डौबाट टूर्गानका अध्यक्ष केदार तामाङको नेतृत्वमा गएको बनभोज टोलीमा १३० भन्दा बढि टुरिष्ट गाईडहरुको सहभागिता रहेको छ टूर्गान अध्यक्ष केदार तामाङले बताए ।
आन्तरीक पर्यटनको प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ टूर्गानले बिगत २ बर्षअघि देखी बिभिन्न पर्यटकीय स्पटहरु र नयाँ गन्तव्यहरुमा यस्तो कार्यक्रमहरु गर्दै आईरहेको छ । टूर्गानका अध्यक्ष तामाङले यस्ता कार्यक्रमहरुले टूर्गानलाई चलायमान बनाउन र टूरिष्ट गाईडहरुलाई क्रियाशिल बनाउन आगामी दिनहरुमा पनि यसलाई मजबुत बनाउँदै पर्यटन बजारमा काम गर्दै जाने बताए ।
कर्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, टूर्गानका पूर्व अध्यक्ष बिष्णु ज्ञवाली, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष शिव अधिकारी अबिरल, रसुवा नुवकोट पर्यटन समाजका सचिव दिनेश लामा(ब्लोन), समाजका कार्यसमिति सदस्य उर्जा तामाङ, शारादा प्रिन्टीङ प्रेसका सञ्चालक भिम प्रसाद सापकोटा लगायतका पर्यटन क्षेत्रसँग सम्बन्धीत अध्यक्ष तथा प्रतिनिधी र शुभचिन्तकहरुको बाक्लो उपस्थीति रहेको बनभोज स्थलबाट राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी अबिरलले बताए ।

 

तपाईंको बिचार