Wednesday, January 20, 2021

नाट्टा निर्वाचनका लागि धाख्वा समुहको उमेद्धवार को को ? यी हुन उमेद्धवार

प्रकाशित मिति: 2020/01/03

पुस १८,काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को अध्यक्षमा पूर्व महासचिव मिहिका धाख्वाले उमेद्धवारी घोषणा गरेसंगै आफू नेतृत्वको व्यावसायिक टिमको घोषणा गरेकी छन ।

नाट्टा नेतृत्वको लागि आफु मैदानमा उत्रिसकेको बताउदै धाख्वाले तत्कालका लागि ११ सदस्यीय आफु नेतृत्वको कार्यसमितिको टुंगो लागेको बताएकी छन ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न र पर्यटन क्षेत्रमा सुधार गरी नाट्टालाई प्रतिष्ठीत पर्यटकीय संस्थाका रुपमा बिकास गर्ने आफ्नो मुख्य उदेश्य रहेको उनको भनाई छ ।
गन्तव्य नेपालसंग कुराकानी गर्दै धाख्वाले टुरिष्ट कसरी बृद्धि गर्ने, नेपालको पर्यटन अन्तर्राष्ट्रिय क्षेत्रसम्म बिस्तार गरी व्यावसायी र सरकारसग हातेमालो गरी अगाडी बढ्ने बताईन ।  
जेनिथ एक्सपीरियन्स ट्राभल प्रालिका सञ्चालक धाख्वा नाट्टाको पहिलो पूर्व महिला महासचिव हुन ।
नाट्टा सुधारका लागि शुद्ध व्यावसायिक टिम तयार भएको बताउंदै धाख्वाले आफ्नो प्रमुख उदेश्य पर्यटन बिकासमा सहयोग पुर्याउने प्रतिबद्धता नै रहेको उनको भनाई छ ।
कोको छन मिहिका नेतृत्वको टिममा ?
१ नारायण गुरुङ कोन
२. रमेश थापा
३. कमला गुरुङ
४. फूडोमा शेर्पा
५. देबकी गुरुङ
६. अमृत ढकाल
७.  शुशील पन्त
८. सुरेश अमगाईं
९. बाबूराम रसाईली
१०. भरत जंग पाण्डे
११. सागर अधिकारी
 
नाट्टा निर्वाचन यही जनवरी १७ तारिकका दिन काठमाण्डौमा हुदैछ । 

तपाईंको बिचार