Saturday, January 16, 2021

नाट्टा निर्वाचनका लागि अच्यूत गुरागाँईद्धारा व्यावसायिक टीम घोषणा, को को छन उमेद्धवार ?

प्रकाशित मिति: 2020/01/03

पुस १८, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को अध्यक्षमा बर्तमान बरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाँईले उमेद्धवारी घोषणा गरेसंगै आफू नेतृत्वको व्यावसायिक टिम घोषणा गरेका छन ।
गन्तव्य नेपालसंग कुराकानी गर्दै गुरागाँईले आफू विगतदेखी नै नाट्टा र पर्यटन क्षेत्रको स्तरबृद्धिमा लागि परेको भन्दै पर्यटन क्षेत्र सुधारमा आफु सक्रिय भएर लाग्ने बताए ।
नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन मन्त्रालयसंग लबिङ गरिरहेको बताउंदै उनले नाट्टा भित्रका सदस्यहरुको हकहित, बिदेशी एयरलाईन्सका सिईयोहरुलाई नेपालमा ल्याएर नेपालको एयरलाईन्सका समस्या र तिनको समाधानको खोजीमा आफु लागिपर्ने बताए । 
गुरागांई सी एण्ड स्काई टूर्स एण्ड ट्राभल्स प्रालिका अध्यक्ष हुन । 
कोको छन अच्यूत समुहमा ?

१. अच्यूत गुरागांई (अध्यक्ष)

२. भीम पन्त (बरिष्ठ  उपाध्यक्ष)
३. जिस्वा तुलाधर (उपाध्यक्ष)
४. सुधिर उपाध्याय (महासचिव)
५.सुरेन्द्र भट्टराई
६. रमेश पौडेल
७. श्रीराम पाण्डे
८. कुमार थपलिया
९. डा. कल्याण शर्मा
१०. हेमराज बास्तोला(तारा)
११. राजु ढकाल
१२. गीता ढकाल
१३.गोबिन्द दाहाल
१४. 
१५. सुदर्शन नेपाल
१६. सुमन घिमिरे
१७. पुष्कर पाठक
१८. लिला लामा
१९.गीता अधिकारी
२०. महेन्द्र खनाल
२१. यज्ञमुर्ति आचार्य
२२. टंकमणि थापा
२३. रामशोभित नायक
 
नाट्टा निर्वाचन जनवरी १७ तारिकका दिन राजधानीमा हुंदैछ ।

 

तपाईंको बिचार