Sunday, January 17, 2021

संघर्षशिल युवा पर्यटन व्यावसायी दिपेन्द्र शर्मा घिमिरे

प्रकाशित मिति: 2020/01/05

काठमाण्डौ । डीके ट्राभल एण्ड टूर्सका सञ्चालक तथा नेपाल एसोसिएसन टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)का पूर्व द्धितिय उपाध्यक्ष हुन दिपेन्द्रकुमार घिमिरे उर्फ डिके शर्मा ।
संखुवासभाको तत्कालिन मुलखर्क वडा न. १ मादीमा २०३१ साउन २२ गते जन्मिएका हुन उनी ।
७ जनाको परिवारमा उनी एक्लो छोरा हुन । मध्यमबर्गिय परिवारमा जन्मिएका उनको बिद्यालय शिक्षा भने तेह्रथुम जिल्लाको बसन्तपुर गाबिसको वडा नम्बर ४ मा अवस्थीत बसन्त माबिबाट सुरु भयो । २०४५ सालमा एसएलसी दिएपश्चात अर्को बर्ष उनी काठमाण्डौ हानिए । पढाई राम्रै थियो । नेपाल ल क्याम्पसमा आईएल मा भर्ना भए । अर्को बर्ष आरआरमा आईए पनि भर्ना भए । क्रमशः दुबै तह उनले सफल रुपमा उत्तिर्ण गरे । त्यसपछि उनी कानुन संकाय तर्फ नै फर्किए । यद्यपी बिएल अध्ययनका दौरान उनी लण्डन जाने अवशर मिल्यो, पढाई बिचमै थाँति राखेर उनी त्यसतर्फ गए । सन १९९६ मा नेपाल फर्किएपछि उनले हालको डीके ट्राभल एण्ड टूर्स खोलेका हुन । जुन नेपाली पर्यटन बजारमा स्थापित व्यावसायीको ब्राण्ड निर्माण गर्न काफी छ ।
सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय शर्मा हाल नाट्टाका द्धितिय उपाध्यक्ष हुन । यही जनवरी भित्र नयाँ नेतृत्वका लागि निर्वाचनको सरगर्मी बढिरहेका बेला केही समयअघि मात्र उनले नाट्टा अध्यक्षका लागि औपचारिक उमेद्धवारी घोषणा गरेका छन । नेपाल भ्रमण बर्षलाई सफल पार्न पनि व्यावसायीहरु बिच बाट सर्वसहमतिय नेतृत्व आउनुपर्ने उनको बुझाई छ । सहमति सहकार्यलाई उच्चतम रुपमा प्रयोग गर्दै अन्तिम बिकल्पका रुपमा लोकतान्त्रिक बिधी निर्वाचनमै गएर भएपनि आफु नेतृत्व लिएरै छाड्ने उनले बताए । आफ्नो समुह व्यावसायिक टीम हुने भन्दै उनले बिभिन्न राजनीतिक समुह र व्यावसायीहरुका एजेण्डालाई पनि समेट्दै अघि बढ्न तयार रहेको उनी बताउँछन ।

 

तपाईंको बिचार