Thursday, January 28, 2021

फेब्रुअरी १ देखी १० तारिकसम्म ‘आईस क्लाम्बीङ फेस्टीभल’ आयोजना हुँदै

प्रकाशित मिति: 2020/01/06

पुस २१, काठमाण्डौ । मनाङको ङिस्याङ गाँउपालिका स्थीत हुम्देमा फेब्रुअरी १ देखी १० तारिकसम्म ‘आईस क्लाम्बीङ फेस्टीभल’ आयोजना हुने भएको छ ।

नेपाल माउन्टेनियरीङ एसोसिएसनको आयोजना र नेपाल क्लाईम्बीङ टीमको सहआयोजना तथा ‘भ्रमण बर्ष सचिवालय २०२०’ को सहयोगमा फेस्टीभल आयोजना हुने भएको हो ।
फेस्टीभलमा बिभिन्न मुलुकका ४५ जना प्रतियोगी सहभागि हुने आयोजकले जनाएको छ । सहभागिताका लागि बिदेशीले ३५० डलर र नेपाली प्रतियोगिका लागि नेपाली १५ हजार रुपैयाँ शुल्क तोकिएको नेपाल क्लाईम्बीङ टीमका अध्यक्ष विनायक जय मल्लले बताए ।
हिजो पर्यटन बोर्डमा फेस्टीभलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टीमका अध्यक्ष मल्लले नेपाल भ्रमण बर्ष सफल पार्न निजी क्षेत्रको भुमिकालाई मजबुत बनाउने गरी फेस्टीभल आयोजना गर्न लागिएको बताए ।

 

तपाईंको बिचार