Saturday, January 16, 2021

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

प्रकाशित मिति: 2020/01/07

२२ पुस, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए । त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वयमंसेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।
कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे ।

नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे । न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डी ले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

 

तपाईंको बिचार