Monday, November 29, 2021

नाट्टा निर्वाचनका लागि धाख्वा समुहको मनोनयन दर्ता

प्रकाशित मिति: 2020/01/07

पुस २२, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को आगामी माघ ३ गते तदनुसार जनवरी १७ तारिकका दिन हुने निर्वाचनको लागि पूर्वमहासचिव मिहिका शाह धाख्वा समुहले मनोनयन दर्ता गरेको छ ।
आज नाट्टा सचिवालयमा धाख्वा नेतृत्वको टोलीले १५ सदस्यीय कार्यसमितिको मनोनयन दर्ता गरेको हो ।
धाख्वा समुहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिब अमृत ढकाल, कोषाध्यक्ष देबकी गुरुङ र सहकोषाध्यक्षमा फूदोमा शेर्पाको मनोनयन दर्ता गरेका छन ।
यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन ।

 

तपाईंको बिचार