Wednesday, December 8, 2021

नाट्टा निर्वाचनका लागि गुरागाँई समुहको मनोनयन दर्ता

प्रकाशित मिति: 2020/01/07

पुस २२, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को आगामी माघ ३ गते तदनुसार जनवरी १७ तारिकका दिन हुने निर्वाचनको लागि बर्तमान उपाध्यक्ष अच्यूत गुरागाँई समुहले मनोनयन दर्ता गरेको छ ।
आज नाट्टा सचिवालयमा गुरागाँई नेतृत्वको टोलीले  कार्यसमितिको मनोनयन दर्ता गरेको हो ।
गुरागाँई समुहको बरिष्ठ उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, उपाध्यक्षमा तारा बास्तोला, महासचिव राकेश धमला, सचिब गोबिन्द दाहाल, कोषाध्यक्ष कुमार मणि थपलिया र सहकोषाध्यक्षमा पासाङ दावा शेर्पाले मनोनयन दर्ता गरेका छन ।
यस्तै कार्यसमिति सदस्यहरु सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल, रमेश थापाले  मनोनयन दर्ता गरेका छन ।

 

तपाईंको बिचार