Wednesday, January 20, 2021

यस्ता छन, अच्यूत गुरागाँई समूहका उमेद्धवारहरु (बिस्तृतमा)

प्रकाशित मिति: 2020/01/10

पुस २५, काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा) अध्यक्षका प्रत्यासी अच्यूत गुरागाँई समुहले आज उमेद्धवार परिचयात्मक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा सहभागिहरुले  नाट्टामा रहँदा गुरागाँईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बिभिन्न ट्राभल फेयरहरुमा सशक्त प्रतिनिधीत्व गरेको र पछिल्लो समयमा हिमालयन ट्राभल मार्ट, बुद्धिष्ट मार्ट र समग्र ट्राभल व्यावसायीहरुको व्यावसायिक समस्यालाई न्यूनीकरण गर्नको लागि सहजीकरणको भुमिका खेलेको भन्दै एकपटक नाट्टामा गुरागाँईको नेतृत्व हेर्न चाहेको बताएका थिए । गुरागाँईले पनि आफूले नाट्टा सुधारका लागि मैदानमा उत्रिएको बताउँदै सहयोग गर्न सबैसँग अपिल गरेका थिए ।  यस्ता छन, गुरागाँई समुहको व्यावसायिक टिमका उमेद्धवार

तपाईंको बिचार