Sunday, January 24, 2021

नेपाल भ्रमण बर्ष सफल बनाउन र बिश्व शान्तिको कामना गर्दै एनएमएले शान्ति पूजा गर्ने

प्रकाशित मिति: 2020/01/20

माघ ६, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को आयोजनामा तेस्रो विश्व शान्ति पूजा–२०२० आयोजना हुने भएको छ ।

यही फेब्रुअरी ३, ४, ५ तारिकका दिन पोखराको अन्तर्राष्ट्रिय पर्वतिय संग्राहलयमा आयोजना हुने कार्यक्रममा पूजनीय बिद्याधर श्रीधर राणा रिम्पोचेको अगुवाईमा पूजा आयोजना हुने एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।
फेब्रुअरी ३ तारिकका दिन प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोखरलेको प्रमुख आथित्यतामा लुम्बीनीमा बिश्व शान्ति दिप प्रज्वलन गरिने छ । जसमा लुम्बीनी बिकास परिषद्, अग्रज पर्यटन व्यावसायीहरु, गुरु, भिक्षु र शुभेच्छुकहरु समेतको सहभागितामा दिप प्रज्वलन र्याली निकालीनेछ । यस्तै ४ तारिकका दिन प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आथित्यतामा अन्तर्राष्ट्रिय पर्वतिय संग्राहलय पोखरामा दिप प्रज्वलनसहितको र्याली हुनेछ । यस्तै ५ तारिकका दिन पुजाको अभिशेक गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सनातन धर्मको रक्षा गर्दै बिश्व शान्तिको कामना सहित नेपाल भ्रमण बर्षलाई सफल बनाउन कार्यक्रम आयोजना गरिएको एनएमएले जनाएको छ । जसका लागि १२१ सदस्यीय मुल आयोजक कमिटी निर्माण गरिसकिएको छ । पर्वतिय आरोहणका क्रममा दिबंगत भएका स्वदेशी तथा बिदेशी आरोहीहरुको चिरशान्तिको कामना गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाल, भारत, भूटान लगायतका मुलुकका बौद्ध भिक्षु, लामा गुरुहरु लगायत बुद्ध धर्म अनुयायीहरु उपस्थीत हुनेछन । कार्यक्रमबारे जानकारी दिन आज पत्रकार सम्मेलन समेत गरिदैछ ।

तपाईंको बिचार