Thursday, January 28, 2021

पर्यटन बोर्ड सिईयो छनौटमा चरम राजनीतिक चलखेल

प्रकाशित मिति: 2020/01/20

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईयो) छनौटको प्रक्रिया चार महिना बितिसकेको छ । नयाँ सिईयो छनौटका लागि १५ दिनअघि पर्यटन बोर्डका सञ्चालक समिति सदस्य बिप्लप पौडेलको संयोजकत्वमा बोर्डका सहसचिव घनश्याम उपाध्याय र सञ्चालक समिति सदस्य कृष्णबहादुर महरा सम्मीलीत ३ सदस्यीय सीईयो छनौट समिति बनाईएको थियो । यसबिचमा निवर्तमान सिईयो दिपकराज जोशीलाई नै नयाँ सिईयोमा निरन्तरता दिने गरी प्रयास पनि भएकै हो, यद्यपी हालैका दिनमा जोशी सिईयोको रेशबाट बाहिरीसकेका छन । सुरुमा १७  जनाको उमेद्धवारी परेकोमा ९ जनाको प्रारम्भीक नाम सार्वजनिक भयो, त्यसपछि केही दिन अघिमात्र सर्टलिस्टका क्रममा ३ जनाको नाम बाहिर ल्याईसकेको अवस्था पछाडी बोर्ड सम्बद्ध कर्मचारी र सत्तारुढ नेकपाभित्रकै शक्ति केन्द्रको चलखेलका कारण पटकपटक बैठक स्थगीत हुँदै सिईयो नियुक्ति प्रक्रिया चलखेलको बाटोतर्फ धकेलिदै गएको पर्यटन सम्बद्ध जानकारहरु बताउँछन । स्रोतका अनुसार धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंह ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको हो ।   आजैका लागि पनि बैठक डाकिएको थियो, तर अन्तिम समयमा आएर पर्यटन मन्त्रालयका सचिब तथा बोर्डका अध्यक्ष केदारबहादुर अधिकारीले आफु उपस्थीत हुन नसकेका कारण देखाई बैठक स्थगीत हुन पुग्यो । यसो हुुनुमा जसरी पनि आफ्नो स्वार्थ अनुकुलका मान्छेलाई बोर्डमा ल्याउने प्रपञ्चका रुपमा बोर्डलाई बन्दी बनाईएको एक बोर्ड सञ्चालक समिति सदस्यले गन्तव्य नेपाललाई बताए ।

पर्यटन सचिव केदार बहादुर अधिकारीले बैठक स्थगीत आफ्नो कार्यव्यस्तताका कारण देखाए पनि आलटाल गर्दै उनी आफैले पनि यसमा खेल्न खोजेको समिति सदस्यहरु बताउँछन । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा र पर्यटन मन्त्री समेतको व्यक्तिगत महत्वकांक्षा बोर्डको सिईयो नियुक्तिमा देखीएको अलमल हो, ती सदस्यले भने ।
यसमा पर्यटन सचिवको भुमिका झनै संकास्पद देखिएको छ । पटकपटक बैठक आह्वान गर्ने र आफू ईतरका व्यक्ति बोर्डमा आउन नसक्ने स्थीतिमा उनले पदको दुरुपयोग गरिरहेको चर्चा पनि उत्तिकै छ । यस्तै अवस्था रहिरहे बोर्डका अध्यक्षको भुमिकामाथि पनि प्रश्न गर्नुपर्ने आवश्यक छ, कुनैपनि हालतमा दुईदिन भित्र नयाँ सिईयो बोर्डले पाएन भने आफुहरु चुप लागेर नबस्ने अर्का एक सञ्चालक समिति सदस्य बताउँछन । नेपाल भ्रमण बर्ष २०२० को महाअभियानमा सरकार होमिईसकेको अवस्थामा यो या त्यो बहानमा सीईयो नियुक्ति प्रक्रियामा चरम राजनीतिक चलखेल हुनु पर्यटन क्षेत्रको लागि दुर्भाग्य हो ।


 

तपाईंको बिचार