Thursday, January 28, 2021

बरिष्ठ पर्यटन व्यावसायी तेजेन्द्र शर्मा पौडेल भ्रमण बर्ष २०२० मूल आयोजक समिति सदस्यमा नियुक्त

प्रकाशित मिति: 2020/01/30

माघ १६, काठमाण्डौ । गाउँले पर्यटन नेपालका अध्यक्ष तथा एसिया होलिडे नेपालका प्रेसिडेन्ट तथा बरिष्ठ पर्यटन व्यावसायी तेजेन्द्र शर्मा पौडेल नेपाल पर्यटन बर्ष २०२० को मुल आयोजक समितिको सदस्यमा मनोनित भएका छन ।

विगत ३० बर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल बरिष्ठ पर्यटन व्यावसायी पौडेललाई उनले पर्यटन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै नेपाल सरकार, पर्यटन बोर्डका तर्फबाट उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले आफूले विगतका भ्रमण बर्ष १९९८, २०११ लाई समेत नजिकबाट नियालेको भन्दै पर्यटनमा लामो समय व्यतित गर्नुका अर्थले राज्यले प्रदान गर्ने जुनसुकै भुमिकालाई सहर्ष स्वीकार गरी कार्यक्षेत्रमा प्रश्तुत हुने बताए ।
नेपाल भ्रमण बर्ष सफल बनाउन सरकारले नेपाल आउने पर्यटकहरुलाई आकर्षक प्याकेज उपलब्ध गराउनुपर्ने, नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार अभियानलाई तिब्र बनाउनुपर्ने र यसमा सरकार र व्यावसायी हातेमालो गरी अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।
युरोप, अमेरिका लगायत दर्जनौ मुलुकको भ्रमण गरी अनुभव प्राप्त व्याक्तिका रुपमा उनको उपस्थीति मात्रैले भ्रमण बर्ष सफल बनाउन महत्वपूर्ण साबित हुने व्यावसायीहरु बताउँछन ।
नेपाल नेपालको हवाई उड्डयन क्षेत्रमा समेत अनुभव प्राप्त व्यक्ति हुन । दशकअघि ‘मेरो एयर’ कम्पनीमार्फत उनी उड्ययन क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपी हाल उनको क्रियाशिलता पर्यटन क्षेत्रको बिकास र बिस्तारमा देखिएको छ । भ्रमण बर्ष आयोजक समितिको सदस्यका रुपमा आफूले सकारात्मक भुमिका खेल्ने बताउँदै पौडेलले नेपाल सरकार, पर्यटन मन्त्रालय र बोर्डलाई धन्यबाद ज्ञापन गरेका छन ।

तपाईंको बिचार