Friday, January 22, 2021

नाट्टा गण्डकी प्रदेश अध्यक्षका लागि झबिलाल अधिकारीद्धारा उमेद्धवारी घोषणा

प्रकाशित मिति: 2020/02/02

माघ १९, पोखरा । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को गण्डकी प्रदेश अध्यक्षका लागि झबिलाल अधिकारीले उमेद्धवारी घोषणा गरेका छन ।

पोखरा उपमहानगरपालिका वडा नम्बर ६ स्थीत लेकसाईडमा रहेको नाट्टा सचिवालय अन्तर्गतको अध्यक्षका लागि उनले उमेद्धवारी घोषणा गरेका हुन ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै अध्यक्षका उमेद्धवार अधिकारीले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न र नाट्टा सचिवालयलाई क्रियाशिल बनाउनका लागि आफूले उमेद्धवारी घोषणा गरेको बताए । उनले आफू २८ बर्षदेखी पर्यटन क्षेत्रमा क्रियाशिल रहेको भन्दै व्यावसायीका समस्या र अप्ठेरो परिस्थीतिलाई पनि अनुकुल बनाउन स्पष्ट योजनाका साथ अघि बढ्न आफू सक्षम रहेको भन्दै यसपटक व्यावसायी साथीहरुको चाहनालाई मध्यनजर गरेरै अध्यक्षमा उमेद्धवारी घोषणा गरेको बताए । विगतमा सहमतियका नाममा आफूभन्दा जुनियर सदस्यहरुलाई पनि  नेतृत्वमा स्थापित गर्न आफूले भुमिका खेलेको भन्दै अधिकारीले यसपटक आफ्नो बिकल्प नभएको बताए ।
नाट्टा सचिवालयको संस्थापक सीईयोका रुपमा ५ बर्ष काम गरेका अधिकारी पर्यटन क्षेत्रमा पूराना व्यावसायीका रुपमा परिचित छन । सन २००५ मा  बाबा एड्भेन्चर नामबाट पर्यटक यातायात सेवा सञ्चालन गरेका अधिकारी हाल ‘डीप्लोम्याट ट्राभल्स एण्ड टूर्स’ का सञ्चालक समेत हुन । होटल ड्रिम पोखरा २०१४ बाट होटल व्यावसायमा समेत संलग्न छन । १८० भन्दा बढि सदस्य भएको नाट्टा सचिवालयको निर्वाचन यही फेब्रुअरी १५ तारिकका दिन पोखरामा हुँदैछ । 

तपाईंको बिचार