Thursday, January 21, 2021

पर्यटनमा बिकृती र सेटिङ्गको भयाबह स्थीति

प्रकाशित मिति: 2020/02/03
माघ २०, काठमाण्डौ । सरकार जब फितलो हुन्छ, न जनता सुरक्षित हुन्छन, नत राज्य संन्यन्त्र नै बलियो हुन्छ । यस्तो अवस्थाको भरपुर फाईदा गुण्डा राजले लिन्छ, त्यसमा पनि सफेद पोस गुण्डा, जुन साच्चैको गुण्डा भन्दा सयौ गुणा खतरनाक हुन्छ । यसले समाजलाई धमिराले जसरी गाजिरहन्छ, जसलाई रोक्न खोज्ने सचेत नागरिक वा बौदिक समाजलाई त्यस्ता गिरोहले आफ्नो नेक्सस प्रयोग गरि अपराधी जसरी समाजमा देखाइन्छ । हामी र हाम्रा जस्ताका रुग्ण आवाज न त सम्बन्धित निकायले सुन्छ न त सुनाउने बाताबरण बन्छ । पर्यटनमा यसको प्रभाव पर्यटन ब्यबसायी आफ्नो ब्यबसाय सुरक्षित र रोजगार मुलक बनाउन र पर्यटकलाई कबुलेको अनुरूप सेवा दिन रात दिन खट्छन । यस पेशामा अनेक प्रकारका अफ्ट्याराहरु छन । फरक फरक सिगमेन्ट अनुसार कारोबारहरु चलिरहेका छन । पेशामा अवसर र चुनौति हुनु स्वभाविक नै हो । बजारमा बढ्दो बिकृतीले असल र ईमान्दार ब्यबसायीलाई सास फेर्न समेत गाह्रो भएको जगजाहेरै छ । बिसौँ बर्षको जवानी लगानी गरेका सोझा र ईमान्दार ब्यबसायी बिस्तारै पाखा लाग्न पर्ने स्तिथीमा छ । राज्यबाट यस्तालाई गरिने उपेक्षाले ठग्ने र लुट मचाउने फिरौतिया सफेद पोस ब्यबसायीको मनोबल र ठग्नु पर्ने मनोभावना उच्च रहेको देखिन्छ ।
जब सम्म राज्य निकायले जनबाद उन्मुख जनताको चाहना नबुझी साना सरकारी निकाय देखि ठुलाठुला मन्त्रालयमा कार्यरत हाकिम साहेबहरुको तजबिजमा सफेद पोस गुण्डाहरुलाई सिफारिसको आधारमा टेन्डर निर्धारण गरि बेलुकी भेटनु पर्छ भन्ने सेटिङमा र क्षणिक रमाईलो र फ्रिमा पारिवारिक घुमघाम र रमझमको निर्णयबाट गरिने सम्झौताले राज्यको सम्पती जनताको करबाट प्राप्त रकमको भुक्तानी अनैतिक तवरबाट गर्दा ,रुवान्डा उन्मुख आर्थिक गतिबिधी त गरिरहेका छैनौ ? प्रश्न जति सहज छ, उति नै प्रश्नले भविष्य अन्यौलता तिर गाजिरहेको अनुभुती हुन्छ । बजारमा प्रतिस्पर्दा गर्ने व्यबसायीहरु आकान्त्र हुनु, तर सेटिङमा व्यबसायीको हुलहुज्जत देख्दा हाम्रा पर्यटन क्षेत्रमा आउँदो पुस्ताले कस्तो प्रकारको बजारीकरणको अध्ययन गर्ने हुन, कतै हामी सिद्धिने अभ्यासतिर फसिरहेका त छैनौ ? ट्राभल्स ब्यबसाय विशेषत टुर्स, टिकेटिङ्ग, एडभेन्चर  र ट्रेकिङ नै मुख्य मानिन्छ । टुर्सलाई अनलाईन पोर्टलहरुले गिजलेर थिलथिल बनाइसक्यो । एडभेन्चर लक्षित ब्यापार बिदेशीले नै कब्जा गरि सके । टिकेटिङ्ग ब्यापार जुन पर्यटक र नेपाली प्यासेन्जर बाहेक बिदेश मन्त्रालय अन्र्तरगत हुन्छ । सरकारी कोषबाट कर्मचारीको लागी खरीद गरिन्छ, जुन कारोबार  भईरहेको छ । सम्बन्धीत मन्त्रालयलाई प्रभावमा पारी कन्तबिजोग बनाउने केहि सिमित ट्राभल्स कम्पनी र सेटिङमा सहयोग पुर्याउने राष्ट्रसेबक कर्मचारीहरुको हिसाब किताब नखोजे सम्म सफेद पोस डकैत र राज्यलाई लुटने लुटेराहरु बिचको भयाबह नेक्सेस्को आँकडा सम्म गर्ने चुनौति स्वीकारी खोज बिन नगर्ने हो भने राज्य भष्ट्राचारको अगाडी निरीह रहेको प्रमाणपत्रको साक्षी कोही बस्न पर्छ जस्तो लाग्दैन ।
यथाशिघ्र यस्ता प्रभावमा पारी राज्यलाई लुटने समूहको पहिचान गरियोस ।
 
हरीभक्त श्रेष्ठ, बरिष्ठ पर्यटन व्यावसायी ।
प्रश्तुत वाक्यांस लेखकका निजी बिचार हुन । यसमा गन्तव्य नेपालको कुनै टिप्पणी छैन ।
 

तपाईंको बिचार