Saturday, January 23, 2021

हाँडीगाँउ सामुदायिक घरबास कार्यक्रममा यसरी भयो बिदेशीको घुँईचो

प्रकाशित मिति: 2020/02/09

माघ २६,काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गहनापोखरी, हाँडीगाँउ टंगालका स्थानिय महिलाहरुले ‘हाँडीगाँउ सामुदायिक घरबास’ कार्यक्रम सुरु भएसँगै स्वदेशी तथा बिदेशी पर्यटकको घुँईचो लागेको छ । काठमाण्डौको सुन्धाराबाट सार्वजनिक बस यात्रामा १५ मिनेटमा पुगिने वडा नम्बर ५ हाँडीगाँउमा अवस्थीत हाँडीगाँउ सामुदायिक होमस्टेमा भ्रमण बर्ष सुरु भएसँगै पर्यटकहरुको घुँईचो लागेको हो । स्थानिय ऐतिहासिक सास्कृतिक सम्पदा र नेवारी संस्कृतिको बेजोड नमुना भएको ठाँउ, लिच्छबीकालिन २ हजार बर्ष पूरानो काठमाण्डौको मुटुमा रहेको तथा कहीँ नभएको जात्रा हाँडीगाँउ भन्ने लोकोक्ति सुरुवात भएको ठाँउ र जात्रैजात्राको शहर हो हाँडीगाँउ ।
यसै हाँडीगाँउमा एकपटक आई बास बसी हाँडीगाँउको जात्रा अनुभव गर्न घरबास कार्यक्रमकी अध्यक्ष शकुन्तला घिमिरेले बताउनुभयो । यसै होमस्टेले भिजिट २०२० को सन्दर्भमा हाँडीगाँउमा हाँडीगाँउ महोत्सव र ह्याण्डीक्राफ्ट मार्ट गर्न लागेको छ । बर्षभरी जात्रैजात्रा हुने हाँडीगाँउमा कहीँ नभएको जात्रा दशैको पूर्णिमामा र गहनापोखरीको जात्रा चैत्र अन्तिममा लाग्ने गर्छ । यी जात्रा ठुला जात्राका रुपमा रहेका छन भने अन्य जात्रा बर्षभरी नै चलीरहन्छ । त्यसैले त भन्छन, हाँडीगाँउको जात्रा ।
सरकार आर्थिक समृद्धिको बहशमा मात्रै सिमित भईरहँदा हाँडीगाँका महिलाले सुरु गरेको घरबास कार्यक्रम आत्मसम्मान सहितको स्वरोजगार भएको हाँडीगाँउ घरबास कार्यक्रमकी अध्यक्ष शकुन्तला घिमिरेले बताउनुभयो ।
पूर्ण प्राकृतिक बाताबरण, स्थानिय सामाजिक रितितिथी, खानपान र चालचलन सहितको होमस्टे नेपाली संस्कृति बुझ्न चाहने बिदेशी पर्यटकहरु समेतलाई लाभन्वीत हुने गरी तयार गरिएको छ । ‘श्रीमानको पेसामा साथ सहयोग गर्दै घर व्यावहार चलाउँदै आएका महिलाहरु आफुले पनि केही गर्न सक्छन, सक्नुपर्छ भन्ने सधै लागिरहन्थ्यो, घिमिरेले भनिन,‘ महिला हुनुको आत्मसम्मान र आर्थिक सुरक्षा खोज्दै जाँदा होमस्टे उपयुक्त छ भन्ने लागेरै सुरुवात गर्यौ, सुरुमा बुझाउन गाह्रो भएपनि अहिले सबै दिदीबहिनीले साथ दिनु भएको छ, खुसी लागेको छ, अब केही पक्कै हुन्छ ।’
घरबास कार्यक्रममा १२ घरधुरीका १२ जना महिलाहरु जोडिएका छन । होमस्टे सञ्चालनका लागि कुनै नयाँ संरचनाहरु बनाईएको पनि होईन, आफै बसोबास गर्दै आएका घरका एक कोठालाई सजाएर बिशुद्ध गाँउले परिवेश तयार गरी स्थानिय खानपान, संस्कृति बिदेशीहरुमाझ प्रवद्र्धन गर्दै मुद्रा आर्जनको स्रोत बनाएका हुन ।
नेपालका ७७ जिल्ला मध्येबाट आफुलाई उपयुक्त लागेको जिल्लाको नाममा होमस्टेको नामाकरण गरिएको छ, सिन्धुपाल्चोक नामको होमस्टेमा पर्यटक आउँदा रसुवा नामको अर्को घरको होमस्टेले समेत सहयोग गर्नेगरी अगाडि बढेका उनीहरु बताउँछन ।
गन्तव्य नेपालको कार्यालयमा होमस्टे प्रवद्र्धनका लागि भन्दै भेटिएका अध्यक्षसहितका अन्य सदस्यहरुको एउटै लक्ष्य छ, स्वरोजगारसहितको स्थानिय संस्कृतिको प्रवद्र्धन । यसमा उनीहरु सबैको सक्रियता गज्बबको छ, सबै ठाँउमा सबै जना सँगै जान्छन, प्रवद्र्धन कार्यक्रम गर्नकै लागि उनीहरु लागिपरेका छन । स्थानिय उत्पादन, संस्कृति, खानपानको प्रवद्र्धनसहितको स्वरोजगारलाई घरबास कार्यक्रममार्फत अन्य क्षेत्रमा समेत बिस्तार गर्दै लैजाने उनीहरुले बताए । हाल अध्यक्ष शकुन्तला घिमिरे, उपाध्यक्ष कल्पना खतिवडा, सचिव हुमला देबी शर्मा, सल्लाहकार करुणा स्वाँर तथा कार्यसमिती सदस्यहरुमा श्रुति गुरागाँई, भवानी सुबेदी, उर्मिला खनाल, रुपा प्रजापति, अनिता ढुंगेल, पुष्पाञ्जली डंगोल, मञ्जुकुमारी सेढाई र बसन्ती शाही सहित १२ घर सदस्यबाट सुरु भएको कार्यक्रम अन्यत्र पनि बिस्तार गरिने उनीहरुको योजना छ ।

 

तपाईंको बिचार