Thursday, January 21, 2021

नुवाकोट गोस्र्याङको ल्होछार कार्यक्रमले इतिहाँस रच्दै

प्रकाशित मिति: 2020/02/09

माघ २६, काठमाण्डौ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ गोस्र्याङको निग्लीनीमा भएको तामाङहरुको उल्लासमय चाड ल्होसारको अवशरमा शनिबार बिशेष सांस्कृतिक कार्यक्रम सहितको झाँकी प्रश्तुत गरिएको छ ।

सयपत्री युवा क्लब निग्लीनी गोस्र्याङद्धारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संघिय सांसद बहादुर सिंह लामा तामाङले तामाङहरुको कलासंस्कृति र भेषभुषालाई संरक्षण गर्न आफू लागिपरिरहेको बताउँदै यो चाडलाई तामाङहरुको शानदार पर्व बनाउनुपर्ने बताए ।
तामाङले राजनीतिमुक्त ल्होछार बनाउनको लागि आफू प्रयत्नशिल रहेको र यसको लागि सबै तह र तप्काबाट सहयोगको आग्रह समेत गरे । नेपाली कांग्रेसका युवा नेता राजु थापाले संस्कृतिको जर्गेना गर्नको लागि यो पर्वले महत्वपूर्ण भुमिका खेलेको औँल्याउँदै यो आगामी दिनहरुमा यो पर्वलाई देशव्यापी रुपमा सबै संस्कृति झल्कने गरी अगाडी बढाउन आफू लागिपर्ने बताए ।
त्यस्तै स्थानिय समाजसेवी तथा जिपी कोईराला फाउण्डेशन नुवाकोटका जिल्ला उपाध्यक्ष शिव अधिकारी अबिरलले तामाङहरुको महत्वपूर्ण ल्होसारपर्वलाई राष्ट्रिय  अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रचार गर्न आफू लागिपरेको बताउँदै ल्होछारलाई पर्यटन र राज्यका निकायहरुसँग जोड्ने काममा आफू लागिपरेको बताए । तारकेश्वर र दाङसिङ क्षेत्रको ल्होसार तथा सबै संस्कृतिको रक्षा गर्न आफू लागिपरेको बताउँदै समृद्ध तारकेश्वर बिकासको परिकल्पना आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले हाम्रै पालामा समृद्ध तारकेश्वरको सपना देखेको बताए ।

 

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका क्षेत्रिय सभापति जगतमान तामाङ, किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्रमान तामाङ, संघिय समाजबादी पार्टीका केन्द्रिय सदस्य भीमलाल तामाङ, नेपाली कांग्रेसका नेता चोकराज शाक्य, नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमिति सदस्य सुनुमायाँ तामाङ , तारकेश्वर वडा नम्बर ६ का वडाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले तामाङ ल्होछारको अवशरमा शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रम क्लबका अध्यक्ष भीमबहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईंको बिचार