Thursday, January 28, 2021

पर्यटन क्षेत्र सुधारको पहलसहित सोट्टो नेपालको १२ औँ साधारणसभा सम्पन्न

प्रकाशित मिति: 2020/02/10

माघ २७, काठमाण्डौ । सोसाईटी अफ ट्राभल एण्ड टूर्स अपरेर्टस नेपालको १२ औँ साधारणसभा सम्पन्न भएको छ । आफ्नो उदेश्यअनुसार सिमित क्षेत्रमा केन्द्रित नेपालको पर्यटन व्यावसायलाई पूर्वाधारको बिकास गरी अधिकार प्रत्यायोजित गर्दै गाउँगाउँसम्म पुर्याउनुपर्छ भन्ने संस्थाको मान्यता रहिआएको छ ।

संघिय सरकारले पनि प्रादेशिक सरकार र स्थानिय सरकारलाई नै पर्यटनको बिकास र बिस्तार गर्नको लागि कानुन, नितीनियम निर्माण गर्दै गरेको अवस्थामा यसै तथ्यलाई हृदयंगम गर्दै प्रादेशिक सोट्टो नेपालको निर्माण प्रक्रिया तदारुकताका साथ सुरु गरिएको व्यहोरा गरिमामय साधारण सभामा प्रश्तुत गरिएको थियो । जसअनुसार प्रदेश २ र प्रदेश ५ को सोट्टो नेपालको तदर्थ समिति र बाग्मती प्रदेश हेटौँडा च्याप्टर गठन गरिएको छ । यस समितिले आआफ्नो प्रदेशमा पर्यटन बिकास, बिस्तार र नयाँ क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्न प्रवद्र्धनात्मक प्याकेज तयार गर्न सोट्टो नेपालको गरिमालाई अझ उच्च राख्दै आफ्नो व्यावसायमा पर्न सक्ने कठिनाई, बाधा तथा व्यावधानलाई सम्बन्धीत निकायमा लगी समाधान गर्ने बिश्वास यस सोट्टो नेपाल केन्द्रिय समितीले जनाएको छ ।

तपाईंको बिचार