Saturday, January 23, 2021

नाट्टा गण्डकी प्रदेशका लागि झबी अधिकारी समुहद्धारा उमेद्धवारहरुको नामावली सार्वजनिक

प्रकाशित मिति: 2020/02/11

माघ २८, पोखरा । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा) गण्डकी प्रदेश नेतृत्वका लागि झबी अधिकारी समूहले उमेद्धवारहरुको नामावली सार्वजनिक गरेको छ ।

आज पोखरामा भएको कार्यक्रममा उमेद्धवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको हो । झवी अधिकारीको नेतृत्वमा रहेको टिममा सुवास भण्डारी प्रथम उपाध्यक्षका रुपमा रहेका छन । यस्तै द्धितिय उपाध्यक्षमा नेत्रपाणी भण्डारी(बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी रहेका छन । यस्तै कार्यसमिति सदस्यहरुमा शोभाकर तिवारी, सुशिला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर रहेका छन । १५ सदस्यीय नाट्टा केन्द्रिय सदस्यमा २ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै प्रथम उपाध्यक्षका उमेद्धवार सुवास भण्डारीले १४ पूर्व नाट्टा अध्यक्षमध्ये ८ जनाले आफूहरुको कार्यसमितिलाई समर्थन गरेको भन्दै आफूहरुको जित पक्का भएको बताए । यसमा व्यावसायीहरुको साथ सहयोग पनि बलियो रहेको भण्डारीको दाबी छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफूहरुको समूह लागिपर्ने बताउँदै भण्डारीले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणबारे भैरहेको प्रगति, पर्यटक बसपार्क समयमै सम्पन्न गर्न रचनात्मक भूमिका खेल्नुका साथै निर्माण सम्पन्न भएपश्चात नाट्टाकै नेतृत्वमा बसपार्क सञ्चालन गर्ने गरी आफूहरु अगाडि बढेको बताए । यस्तै साना तथा टूरिष्ट भेईकलले उठाउँदै आएको शुल्कका सम्बन्धमा आवश्यक मापदण्ड निर्माण गर्ने, अन्य पर्यटकीय संघसंस्थासँग मिलेर नाट्टा प्रोमोसनल टूरलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म बिस्तार गर्ने आफूहरुको प्रमुख एजेण्डा रहेको भण्डारीले बताए ।
 २ बर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचन आगामी फेब्रुअरी १५ मा हुँदैछ ।

तपाईंको बिचार