Friday, January 22, 2021

नाट्टा गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी

प्रकाशित मिति: 2020/02/16

पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी भएका छन् ।

शनिबार पोखरामा सम्पन्न २५औं साधारणसभा तथा ११औं अधिवेशनबाट अध्यक्षका अर्का उम्मेदवार झवी अधिकारीलाई २० मतले पराजित गर्दै सिग्देल अध्यक्ष बनेका हुन । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खस्यो । सबैभन्दा बढी मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी सुवास भण्डारीले ५१ मत ल्याएका छन् ।  द्धितिय उपाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् उनले १०० मत ल्याउँदा प्रतिस्पर्धी नेत्रपाणी भण्डारी (बाबुराम) ले ६१ मत प्राप्त गरेका छन् । महासचिवमा कमला गिरी विजयी बनिन् । उनको पक्षमा ८७ मत खस्दा कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे । सचिवमा संगीता पौडेल विजयी भएकी छन् । उनको पक्षमा ८७ मत प्राप्त भएको छ भने प्रतिस्पर्धी चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी विश्वराज आचार्यले ७४ मत प्राप्त गरेका छन् । सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । सदस्यमा सुवाष पहारी (११३ मत), ताराप्रसाद गौतम (१०४ मत), सन्दिप श्रेष्ठ (१०० मत), सुशीला सिग्देल (८६ मत), खिम बहादु नेपाल (८० मत) विजयी भएका छन् । सहकोषाध्यक्ष नवराज भण्डारी, सदस्य सुशील सिग्देल र खिमबहादुर नेपाली मात्रै झवी अधिकारीको प्यानलबाट जियी भएका हुन् । १५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ ।

नाट्टामा १ सय ८१ जना सदस्य छन् । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।

 

तपाईंको बिचार