Wednesday, January 20, 2021

दोस्रो आन्तरीक पर्यटन मेला आगामी जेठ १६ र १७ गतेलाई सारियो

प्रकाशित मिति: 2020/02/17

फागुन ५, काठमाण्डौ । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको दोस्रो आन्तरीक पर्यटन मेला(डोमेस्टीक टूरिजम मार्ट)(डीटीएम) आगामी बर्षको जेठ १६ र १७ गते तदनुसार(मे २९ र ३०) तारिकका दिन गर्ने भएको छ ।

पछिल्लो समय छिमेकी मुलुक चिनमा देखिएको कोरोना भाईरसका कारण पर्यटन क्षेत्र तरंगीत भएको स्थीतिलाई मध्यनजर गर्दै यसअघि निर्धारित मिति फागुन ९ र १० तदनुसार फेब्रुअरी २१ र २२ तारिकको मिति स्थगीत गरिएको आयोजकले जनाएको छ ।
मेला स्थगीत र नयाँ मिति सार्वजनिक गर्न नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अबिरललले छिमेकी मुलुक चिनमा उत्पन्न कोरना भाइरसका कारण बजार तरंगीत भएको अवस्थामा व्यावसायीको सुझाबलाई शिरोपर गर्दै आगामी जेठमा मेला आयोजना गर्ने गरी अगाडि बढेको बताए ।

यसबिचमा डीटीएमको तयारी अन्तीम चरणमा पुगीसकेको स्थीतिमा हालसम्म ७३ वटा स्टल बुकिङ भैसकेको भएपनि पर्यटन क्षेत्रमा देखिएको फरक परीस्थीति र व्यावसायीहरुको सुझाबलाई शिरोपर गर्दै आगामी जेठमा सार्न पुगेको अयोजकले जनाएको छ । यस बिचमा नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, नाथम, पर्यटकीय संघसंस्था, व्यावसायी र शुभेच्छुकहरुबाट प्राप्त सहयोगको निरन्तरतामा आयोजकले जोड दिएको छ ।

पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ मेलालाई भव्य र सब्य बनाउन तयारीलाई तिब्रता दिईएको छ । भृकुटीमण्डप प्रदर्शनी हल सहितको चौरमा मेला आयोजना हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ ।  जसको एकमात्र उदेश्य नेपाल भ्रमण बर्ष सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्नु रहेको यसको उदेश्य हो । यसअघि डीटीएम सफल बनाउनका लागि गठन गरिएका कमिटिहरु यथावत रहने समेत जानकारी गराउँदछौ । मेलालाई सफल बनाउनको लागि डीटीएम सल्लाहकार समिती, गुडवील एम्बेसडर, ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम कानुनी सल्लाहकार कमिटी, प्रचारप्रसार संयोजक, डीटीएम मिडिया संयोजक, डीटीएम अन्तर्रा्ष्ट्रिय बिभाग प्रमुख लगायतका बिभागहरु गठन गरिसकिएको डीटीएम संयोजक माधबप्रकास सुबेदीले बताए
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा पर्यटनबिज्ञ आङछिरिङ शेर्पाले कोरोना भाईरसले पर्यटन बजार तरंगीत भईरहेको अवस्थामा गन्तव्य नेपालले मेला सार्नु सान्दर्भिक रहेको बताए । उनले कोरोना भाइरस चिसो मौसममा लाग्ने रोग भएकाले आगामी जेठको गर्मी मौसममा गर्नु उपयुक्त कार्य भएको बताए । शेर्पाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिन सुरुवात गर्न लागिएको मेला समय सान्र्दभिक पनि रहेको बताए । त्यसैगरी टानका अध्यक्ष खुमबहादुर सुबेदीले कोराला भाईरसको आतंक मच्चिरहेको परिस्थीतिमा यो पर्यटन व्यावसायीहरुले ठुलो मेलाको रुपमा लिईरहेको परिस्थीतिमा मेला सार्नु उपयुक्त कार्य भएको बताए । मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामाग्री, र्या्फ्टिङ, बन्जिजम्प, जिपफ्लायर, केबलकार, टूरीजम शैक्षिक कलेज, पर्यटक यातायात, देश बिदेशको भ्रमण, आकाशबाट धर्ती हेर्ने प्याराग्लाईडिङ, काठमाण्डौ मोफसलका होटल तथा रेष्टुरेन्ट, ७ वटै प्रदेशको बिभिन्न स्वादका परिकार, होमस्टे, सञ्चार लगायतको एकै ठाँउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको छ । राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी, बिभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिन खालका झाँकी को नृत्य प्रश्तुती रहनेछ भने राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गीत सहितको सांस्कृतिक प्रश्तुती समेत रहनेछन ।


     
                                                                                                                                                        

तपाईंको बिचार