Saturday, January 23, 2021

अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस भव्यताका साथ मनाउने टूर्गानको तयारी

प्रकाशित मिति: 2020/02/18

फागुन ६, काठमाण्डौ । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)ले अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस भव्यताका साथ मनाउने भएको छ ।

फागुन ९ गते तदनुसार फेब्रुअरी २१ तरिकका दिन काठमाण्डौ गार्डेन होम पक्नाजोलमा बिहान ७ : ३० बजे सुरु हुने कार्यक्रममा आयोजना हुने कार्यक्रम टूरिष्ट गाईडहरुका लागि राष्ट्रिय पर्वकै रुपमा मनाउने तयारी भएको टूर्गानले जनाएको छ ।
प्रत्येक बर्ष फेब्रुअरी २१ तारिकका दिन आयोजना हुने कार्यक्रममा पर्यटन प्रवद्र्धनमा टुरिष्ट गाईडहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको टूरिष्ट गाईड एसोसिएसन(टूर्गान)का अध्यक्ष केदार तामाङले बताए ।
पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमूख आथित्यतामा सम्पन्न हुने कार्यक्रममा बिभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, पर्यटन व्यावसायी, टूरिष्ट गाईडहरुको बाक्लो उपस्थीति हुने आयोजकले जनाएको छ । कार्यक्रममा टूर्गानका अध्यक्ष तामाङले टूरिष्ट गाईडबारे जानकारी, अवशर चुनौति र यसका संभावना तथा सरकारको भुमिकाका बिषयमा चर्चा हुने बताए ।
तामाङले टूरिष्ट गाईडहरुले पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए । अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस गाईडहरुको राष्ट्रिय पर्व भएकाले सो दिन सरकारले सार्वजनिक बिदाको व्यवस्था गर्नुपर्ने तथा गाईड पेशाप्रति सरकारले सम्मानित भाव जगाउन भुमिका खेल्नुपर्ने तामाङले बताए । टूर्गानमा हाल १ हजार सदस्य रहेका छन ।

तपाईंको बिचार