Wednesday, January 27, 2021

कमल सापकोटाको संयोजकत्वमा टूरिजम म्यान अफ दी इयर २०२० छनौट कमिटि गठन

प्रकाशित मिति: 2020/02/19

फागुन ७, काठमाण्डौ । गन्तव्य नेपाल ग्रुपले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अवशरमा बिशेष कार्यक्रमका बिच प्रदान गर्दै आईरहेको टूरिजम म्यान अफ दि ईयर अवार्ड छनौट गर्नको लागि यस बर्ष पनि युवा पर्यटन व्यावसायी तथा टूरिजम म्यान अफ दि ईयर २०१७ का बिजेता कमल सापकोटाको संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरेको छ । गन्तव्य नेपालको फागुनको अन्तिम साता सम्पन्न हुने १६ औँ बार्षिकोत्सवको अवशरमा यो अवार्ड प्रदान गरिने गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अबिरलले बताए ।
सापकोटा संयोजक रहेको छनौट कमिटिमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)का अध्यक्ष अच्यूत गुरागाँई, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुबेदी, टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)का अध्यक्ष केदार तामाङ, नेपाल पर्वतारोहण संघ(एनएमए)का महासचिव कुलबहादुर गुरुङ, रिर्पोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र ठमेल पर्यटन बिकास परिषद्की बरिष्ठ उपाध्यक्ष गीता गुरुङ गरी ७ सदस्यीय छनौट समिति गठन गरिएको आयोजक गन्तव्य नेपाल ग्रुपले जनाएको छ । गु्रपले पर्यटन क्षेत्रमा सुझबुझका साथै अनुसन्धान गरी निम्न बुँदाहरुमा आधारित रही टूरिजम म्यान अफ दि ईयर २०२० अवार्ड  पाउने व्यक्तिको नाम यथासक्य चाँडो नाम पेश गर्न छनौट समितिलाई आग्रह गरेको छ ।
पर्यटन क्षेत्रमा चर्चित भएको, फौजदारी मुद्धा नलागेको, एक बर्षभित्र पर्यटन क्षेत्रको श्रृबृद्धि लागि परेको तथा नयाँ सामाजिक काम गरेको हुनुपर्ने, व्यावसायिक छबी र सफलता तर्फ अग्रशर व्यक्तिलाई पेश गर्न अनुरोध गरिएको छ ।

 

तपाईंको बिचार