Thursday, January 21, 2021

रसुवा नुवाकोट पर्यटन समाजद्धारा भोलिदेखि फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अवलोकन भ्रमण सुरु

प्रकाशित मिति: 2020/02/22

फागुन १०, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन  समाजले नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अध्ययन अवलोकन भ्रमण  गर्ने भएको छ । 

फागुन ११ गते नुवाकोट दरबार बाट सुरु हुने भ्रमण कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानियहरुको सहभागिता हुने रसुवा नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछानेले बताउनु भयो ।
फिकुरी ट्रेल सूर्यगढीबाट सुरु भई भाल्चे, किस्पाङ, फिकुरी, ठूलोगाउं, घलेगढीमा पुगेर सम्पन्न हुने रसुवा नुवाकोट पर्यटन समाजका कार्यसमिति सदस्य उर्जा तामाङले बताउनु भयो । नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा सूर्यगढी, किस्पाङ, उतरगया, कालिका गाउंपालिकाको समन्वय तथा टान र एनएमएको सहयोगमा कार्यक्रम आयोजना गरिएको रसुवा ट्रेक्सका संचालक युवा पर्यटन व्यवसायी गगन न्यौपानेले बताउनु भयो । पदयात्रा फागुन ११ गते सुरु भई १५ गते समापन हुदै छ । राजधानी नजिक भएर पनि नुवाकोट जिल्लामा पर्यटकिय गतिविधिहरु उल्लेख्य रुपमा संचालन हुन सकिरहेको छैन । पछिल्लो समय होमस्टेमा आन्तरिक पर्यटकहरु गई बस्ने गरेका छन् तथापी होमस्टेको सवै ठाउंमा उचित व्यवस्थापन हुन नसक्दा पर्यटकहरुको सहज बसोबास हुन सकिरहेको छैन । हिमाली जिल्ला रसुवामा भने पर्यटकहरुको राम्रो आवागमन हुने गरेको छ । लाङटाङ, तामाङ हेरिटेज टे«ल तथा गोसाईकुण्डमा स्वदेशी संगै विदेशी पर्यटकहरुको राम्रो आवतजावत हुने गरेको छ ।
रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले  नेपाल भ्रमण बर्ष सफल बनाउन तथा आन्तरीक पर्यटन प्रवद्र्धन गर्न भ्रमण महत्वपूर्ण हुने बताए । उनले  पर्यटन व्यवसायी, पत्रकारहरुको सहभागितामा हुने  भ्रमणले पर्यटकका लागि नयां गन्तव्य थप्ने समेत बताए ।
रसुवा नुवाकोट पर्यटन समाजका सचिब दिनेश लामा व्लोनले सामाखुसीमा ६ :३० बजे उपस्थीत भएर भ्रमणमा जाने तयारी भएको भन्दै भ्रमण टोलीमा सामेल सबैलाई समयमै उपस्थीत भईदिन अनुरोध समेत गरे ।

तपाईंको बिचार