Saturday, January 16, 2021

भारी हिमपातका कारणले जोखिममा परेका दिपक महत लगायत समाजका सबै सकुशल

प्रकाशित मिति: 2020/02/26

फागुन १४, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन  समाजको टोली नुवाकोटको फिकुरी ट्रेकिङ ट्रेलको ५ दिने अध्ययन अवलोकन भ्रमण अन्तर्गत तेस्रो दिन हिजो भारी हिमपातका बाबजुत किस्पाङबाट ८ घण्टाको पैदलयात्रा पश्चात ३२ सय मिटर उचाईको धुवाँछाप भिँडीगोठ पुगेको छ । 
नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहेको भ्रमण टोलीमा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, समाजका कार्यवहाक अध्यक्ष शिव लामिछाने, गुरुङ पर्यटन व्यावसायी संघका अध्यक्ष अम्बिर गुरुङ सम्मीलीत ३४ सदस्यीय व्यावसायिक टोली र किचन व्यावस्थापनका १८ जनाको टोली हिजो दिउँसो १ बजेबाट परेको भारी हिमपातका बाबजुत सकुशल यात्रा गर्न सफल भएका छन ।
हिजो पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत बसेको टेन्ट लगायत अन्य २ टेन्ट भारी हिमपातका कारण   पुरिएपनि उपलब्ध सामुहिक टोलीले उद्धार गरेका थिए । अहिले मौसम प्रतिकुलतालाई ध्यानमा राख्दै फिकुरीको २२ सय मिटरमा अवतरण गरेका छन । फिकुरी ३५ सय मिटरको उचाईमा भएपनि हिजो उनीहरु बढ्दो हिमपातका कारण ३२ सय मिटरमै बास बसेकोमा भारी हिमपातका बावजुत उनीहरु सकुशल रहेको रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले बताए ।
रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले एक प्रेश बिज्ञप्ती जारी गर्दै हिजो दिउँसो १ बजेदेखि भारी हिमपातका बाबजुत पनि फिकुरी डाँडा पुग्ने क्रममा धुवाँछाप भिडीगोठमा भएको आपतकालिन संकटको स्थीतिलाई चिर्न सफल भएकोमा समाजका टोलीहरुलाई धन्यबाद ज्ञापन गरे । समाजले उक्त घटनापश्चात उद्धारका लागि तयार भएको नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन लगायत सरोकारवाला अन्य निकायहरुलाई बिशेष धन्यबाद समेत प्रकट गरेको छ ।

फागुन ११ गते नुवाकोट दरबार बाट सुरु भएको भ्रमण कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
 

तपाईंको बिचार