एनएमएलाई परिषद् बनाउने कुरा हल्ला मात्र हो : पर्यटन सचिव केदार अधिकारी
फागुन २२, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदार बहादुर अधिकारीले नेपाल पर्बतारोहण संघलाई बिघटन गरि पर्बतारोहण परिषदमा लैजान आफूले कुनै दबाब नदिएको बताएका छन ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै सचिव अधिकारीले केही दिन अघिमात्र दोश्रो आइस क्लाइम्बिंग फेस्टिबलको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा पर्बतारोहण संघलाई परिषदमा लैजानु उपयुक्त हुने कुरा सुझाब ब्यक्त गरेको भएपनि दबाब नदिएको बताएका हुन । उनले सञ्चारमाध्यममा आएका अनावश्यक प्रचारका पछि नलाग्न समेत आग्रह गरे । आफूले पर्वतारोहण संघ भंग गर्ने कुनैपनि बिचार व्यक्त नगरेको बताउँदै आफूले सुझाब मात्रै दिएको र निर्णय गर्ने सम्पूर्ण अधिकार पर्वतारोहण संघलाई नै भएको स्पष्ट पारे । यसका साथै परिषद् सम्बन्धमा आफूले कुनै पनि तयारी नगरेको बताए । सामाजिक सञ्जालमा पर्वतारोहण संघलाई परिषद् बनाउने कुरा आईसकेपछि गन्तव्य नेपालले पर्यटन व्यावसायीहरुसँग सम्पर्क गर्दा यो आपत्तिजनक र खेदजनक रहेको बताएका थिए ।
बरिष्ठ पर्यटन व्यावसायी दिपक महत, आङछिरीङ शेर्पा, ज्योति अधिकारी, गणेश सिंखडा लगायतले गन्तव्य नेपालसँग कुरा गर्दै हरेक संस्थाको आफ्नै किसिमको बिधीबिधान रहेको र सोही अनुसार संस्था चलिरहेको हुन्छ, नेपाल पर्वतारोहण संघ पनि त्यही बिधीबिधान अनुसार चलिरहेको बताउँदै पर्वतारोहण संघ भंग गरेर परिषद् बनाउने भन्ने कुरा संभव नहुने बताएका थिए ।
तपाईंको बिचार