Sunday, January 24, 2021

सुर्यगढी फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन पश्चात नुवाकोटबासी उत्साहित

प्रकाशित मिति: 2020/03/06

फागुन २३, काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजले गत साता सुर्यगढी फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन भ्रमण सम्पन्न गर्यो ।
आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्न रसुवा र नुवाकोटका बिभिन्न ट्रेकिङ रुटमा गत फागुन ११ गतेदेखि १५ गतेसम्म  सम्पन्न भएको पाँच दिने भ्रमणका क्रममा रसुवा नुवाकोट पर्यटन समाजका पदाधिकारी, पर्यटन व्यावसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो । जसअनुसार नुवाकोट दरबारबाट सुरू भएर फागुन १५ गते रसुवाको घलेगढी पुगेर भ्रमण सम्पन्न भयो । सूर्यगढीबाट सुरू भएको कार्यक्रम भाल्चे, किस्पाङ, फिकुरी, ठूलो गाउँ हुँदै घलेगढीमा पुगेर सम्पन्न भएको रसुवा(नुवाकोट पर्यटन समाजका कार्यबहाक अध्यक्ष शिव लामिछानेले जानकारी दिए । 
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको कार्यक्रमलाई सूर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउँपालिकाले समन्वय गरेका थिए । ३८ सय मिटर उचाइको फिकुरी डाँडा, ढ्वाछाप भेडा खर्कमा पुगेर ५५ जनाको संख्यामा रहेको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्ष तथा वरिष्ठ पर्यटन उद्यमी दीपक महतले ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए । नयाँ पर्यटकीय स्थानको पहिचान र प्रवर्द्धनपछि आन्तरिक पर्यटकले हिमाली जिल्ला रसुवाको लाङटाङ, तामाङ हेरिटेज ट्रेल, गोसाईकुण्ड सँगै यो ट्रेलको पनि भ्रमण गर्न सक्नेछन् । अध्ययन अवलोकनमा गएका रसुवा नुवाकोट पर्यटन समाजको टोलीलाई ठाँउठाँउमा स्थानिय कलासंस्कृति, भेषभूसा सहितको बिशाल जनसहभागिताले भव्य स्वागत गरेका थिए । रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धन र बिकासको लागि समाज दु्रत गतिमा लागिपरिरहेको बताउँदै सबै तह र तप्काबाट सहयोग गर्नको लागि अनुरोध गरे । अधिकारीले पर्यटनबिना आर्थिक समृद्धि संभव नरहेको बताउँदै यसको लागि सबै राजनीतिक दल, संघसंगठनहरुले हातमा हात काँधमा काँध गरेर अगाडि बढ्नुपर्ने बताए ।

 

तपाईंको बिचार