Tuesday, January 19, 2021

कोरोना प्रकरण : पर्यटनमा संकट आएको भन्दै व्यावसायीद्धारा ५० प्रतिशत छुटको माग

प्रकाशित मिति: 2020/03/07

फागुन २४, काठमाण्डौं । कोरोना भाइरसका कारण नेपाल आउने पर्यटकको संख्यामा भारी गीरावट आएको भन्दै पर्यटन व्यवसायीहरुले भुक्तानी गर्दै आएको घरभाडा तथा करमा हालको लागि ५० प्रतिशतसम्मको छुटको माग गरेका छन ।

कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव र पर्यटनक्षेत्र धरासायी हुनबाट जोगाउन पर्यटनसंग सम्बन्धीत TAAN, NATTA, HAN, NTVA, SOTTO Nepal, NATO, NARA, TBAN, REBAN लगायतका संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको हिजो बसेको सामुहिक बैठकले उक्त निर्णय गरेको हो ।
संसारभर कोरोना भाइसरको सन्त्रास बढेसंगै नेपाल आउने पर्यटकमा ८० प्रतिशत कमी आईसकेको छ । भाडामा लिएर होटेल संचालन गरेका व्यवसायीलाई भाडा तिर्न समेत सकस परेको छ । केही समय अगाडि बुकिङ भएका होटेलहरूमा धमाभम बुकिङ रद्द हुन थालेको पर्यटन व्यवसायीहरु बताउंछन । त्यसैले पर्यटन व्यवसायी तथा पर्यटन व्यवसायमा भएको लगानी संरक्षण गर्न र व्यवसाय सञ्चालन भइरहन उपयुक्त वातावरणकोलागि सरकारबाट पर्यटन व्यवसायलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

यस्ता छन, व्यावसायीले सरकारसामु प्रश्तुत गरेका मागहरु :
१ नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि २०७५ को संशोधनमा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा ब्याजलाई होटलमा दिइदै आएको पुनर्कर्जाको व्यवस्था ट्राभल्स, पर्यटन यातायातलगायतका पर्यटनसंग सम्बन्धित सम्पूर्ण क्षेत्रमा समेत दिने व्यवस्था गरियोस ।
२ माथीको बुदा नं १ मा भएको व्यवस्थाअनुसार पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुर्नतालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पुंजिकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक वर्षपछिमात्र सावँसहितको ट्रमलोन भुक्तानी गर्ने व्यवस्था मिलाउने ।
३ पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई आवश्यकताअनुसार कटौती गर्ने व्यवस्था गरियोस् एवं श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गरियोस ।
४ कोरोना भाइरसको प्रभावले पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई पलायन हुन नदिनको लागि नेपाल सरकारले नाथमसंगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा विशेष तालिम तथा सेमिनारको व्यवस्था गरियोस । जसको कारण श्रमिहरुको पेशा तथा दक्षता अभिवृद्धि रहिहोस ।
५ कोरोना भाइरसका कारण पर्यटकहरुले आफ्नो बुकिङहोटल तथा हवाई टिकट रद्द गरिरहेकाले पुर्नतालिका वा फुल रिफण्डको लागि व्यवस्था मिलाइयोस ।
६ पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, वार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगरियोस ।
७ पर्यटन व्यवसायीले भुक्तानी गर्दै आएको घरभाडा तथा कर हालको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरियोस ।


 

तपाईंको बिचार