Tuesday, January 19, 2021

पर्यटन व्यावसायीको समस्या लिएर पर्यटनमन्त्रीको जम्बो टोली पुगे ईश्वर पोखरेल भेट्न

प्रकाशित मिति: 2020/03/16

चैत्र ३, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको नेतृत्वमा पर्यटन सचिव, पर्यटन बोर्डका सीईयो, बानका अध्यक्ष तथा पर्यटकीय संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधीको टोलीले पछिल्लो समय कोरोनाका कारण पर्यटन क्षेत्र शुन्यतामा परिणत भएको भन्दै सरकारका तर्फबाट अबिलम्ब ठोस पहल गर्न आग्रह गरेका छन ।
पर्यटन सम्बद्ध बिभिन्न संगठनका व्यावसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्र अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन ।
जवाफमा रक्षामन्त्री तथा कोरोना नियन्त्रण समन्वय समितिका प्रमुख ईश्वर पोखरेलले पर्यटन क्षेत्र सुधार र व्यावसायीका सरोकारहरु एकमुष्ठ रुपमा प्रश्तुत गर्न आग्रह गरे । उनले सरकार कोरोनाका कारण पर्यटन क्षेत्रमा पुगेको असरबारे जानकार रहेको भन्दै सबै पक्षसँग मिलेर समाधान खोज्न तयार रहेको बताए ।
यसैबिच नेपाल पर्यटक यातायात व्यावसायी संघ९एनटीभीए०का तर्फबाट अध्यक्ष रामहरी शर्माको नेतृत्वको टोलीले पर्यटन बोर्डका सिईयो मार्फत रक्षामन्त्री पोखरेल समक्ष सरकारले गर्नुपर्ने बोदार्थ सहितको मागपत्र पेश गरेको छ । पत्रमा बैङ्कको व्याजमा मिनाहा गर्न र पर्यटन क्षेत्रमा रहेका सबै कर मिनाहा गर्न समेत माग गरिएको छ । रक्षामन्त्री पोखरलले सबै पर्यटकीय संघसंस्थाका तर्फबाट सुझाबहरुहरुको संकलन गरी यथासक्य निर्णय लिने बताएसँगै एनटीभीए ले  आफ्नो तर्फबाट पर्यटन बोर्डमा पत्र बुझाएको हो ।
अन्य पर्यटकीय संघसंस्थाले भने एकसाताभित्रै रक्षामन्त्री समक्ष सुझाब पेश गर्ने तयारी गरेको बुझिएको छ ।
 

 

तपाईंको बिचार