Saturday, January 23, 2021

ओआरटूके रेष्टुरेन्टद्धारा फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन टोलीलाई बधाई ज्ञापन

प्रकाशित मिति: 2020/03/17

चैत्र ४,काठमाण्डौ । रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष तथा ओआरटूके रेष्टुरेन्टका सञ्चालक कृष्ण पाण्डेले रसुवा नुवाकोट पर्यटन समाजद्धारा गत फागुन ११ देखी १५ गतेसम्म सुर्यगढी फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन भ्रमण पुरा गर्ने टोलीलाई सम्मान गरेका छन ।

गत शुक्रबार ठमेल स्थीत ओआरटूके रेष्टुरेन्टका सञ्चालक पाण्डेले एक बिशेष सम्मान कार्यक्रम आयोजना गरी भ्रमण टोलीलाई सम्मान गरेका हुन । उनले आन्तरीक पर्यटन प्रवद्र्धन गर्न भ्रमण दलमा समावेश व्यक्तिहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याईएका नेपाली कांग्रेसका महामन्त्री प्रकाशशरण महतले सम्मान कार्यक्रम आयोजना गर्ने ओआरटूके रेष्टुरेन्टका सञ्चालकलाई धन्यबाद दिदै कार्यक्रममा भ्रमण टोलीमा सहभागीहरुसँग भलाकुसारी गर्न पाएको भन्दै धन्यबाद दिए ।
संघिय सांसद बहादुरसिंह लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नुवाकोट र रसुवाको बिभिन्न क्षेत्रको रसुवा नुवाकोट पर्यटन समाजद्धारा भ्रमण गरेर आन्तरीक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै यस क्षेत्रको बिकासका लागि आफू लागिपर्ने बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महतले निकै कठीन र चुनौतिपूर्ण यात्राका बिच भ्रमण सम्पन्न भएको भन्दै यस क्षेत्रको बिकाशमा स्थानिय र प्रदेश सरकारले बिशेष भुमिका खेल्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले चुनौतिका बावजुत भ्रमण सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाई ज्ञापन गरे । कार्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका कार्यवहाक अध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी अबिरलले बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा रसुवा नुवाकोट पर्यटन समाजका प्रतिनिधी, बिभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा  प्रतिनिधी लगायत व्याववसायीहरुको बाक्लो उपस्थीति रहेको थियो ।
यस्तो थियो कार्यक्रम ।
आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्न रसुवा र नुवाकोटका बिभिन्न ट्रेकिङ रुटमा गत फागुन ११ गतेदेखि १५ गतेसम्म  सम्पन्न भएको पाँच दिने भ्रमणका क्रममा रसुवा नुवाकोट पर्यटन समाजका पदाधिकारी, पर्यटन व्यावसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो । जसअनुसार नुवाकोट दरबारबाट सुरू भएर फागुन १५ गते रसुवाको घलेगढी पुगेर भ्रमण सम्पन्न भयो । सूर्यगढीबाट सुरू भएको कार्यक्रम भाल्चे, किस्पाङ, फिकुरी, ठूलो गाउँ हुँदै घलेगढीमा पुगेर सम्पन्न भएको थियो ।  

तपाईंको बिचार