Tuesday, January 19, 2021

टूर्गानद्धारा कोरोना भाइरसबाट सर्तकता रहन आग्रह

प्रकाशित मिति: 2020/03/20

चैत्र ७, काठमाण्डौ । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)ले कोरोना भाइरसको बढ्दो संक्रमणबाट जोगिन तथा सर्तकता अपनाउनको लागि सम्पूर्ण टूरिष्ट गाईड तथा व्यावसायीहरुलाई आग्रह गरेको छ ।

आज टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)को सचिवालयद्धारा एक प्रेस बिज्ञप्ती जारी गर्दै बढ्दो संक्रमणबाट जोगिन सरकारद्धारा निर्देशित उचित कतव्यहरुको पालना गर्न सम्पूर्ण टूरिष्ट गाईड, पर्यटन व्यावसायी तथा सर्बसाधारणहरुमा आग्रह गरेको हो ।  हाल यस रोगको कारणबाट बिश्वमा नै आर्थिक लगायत अन्य समस्याहरु व्याप्त भएकोमा नेपाल पनि पर्यटन क्षेत्र लगायत आर्थिक श्रोतहरुमा अत्यन्तै प्रभावित हुनुका साथै रोजगारीमा समेत ठूलो प्रभाव परेको हुँदा आफ्नो क्षेत्रबाट सबैले उचित कर्तब्यहरुको पालना गरी सहयोग गर्न समेत टुर्गानका  अध्यक्ष केदार  तामाङ्गद्धारा हस्ताक्षिरित पेस विज्ञप्तीमा जनाईएको छ । 
यस्तो छ, बिज्ञप्तीको पूर्णपाठ

टूर्गानको बिज्ञप्ती ।

हाल बिश्वभरी नै संक्रामक रोगको रुपमा भयावह रुपमा फैलिएको कोरोना भाईरसको प्रभावबाट हालसम्म नेपाल अतिक्रमित नभईसकेकोमा हामीले आफूलाई भाग्यमानी नै सम्झनुपर्दछ । तथापी यस्ले आक्रमण नै गर्दैन भन्ने होइन । तसर्थ हामी सबैले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार एबं बिभिन्न बिज्ञ एबं चिकित्सकहरुद्धारा आह्वान एबं निर्देशन भएअनुसार सतर्कता अपनाई बिभिन्न मापदण्ड अनुसार कार्य गर्न सकेमा यस रोगको संक्रमण रोक्न वा न्यूनिकरण गर्न संभव हुने हुँदा हामी सबैले तदनुसार गरी वा गर्न लगाई राष्ट्रलाई सहयोग गरौ । हाल यस रोगको कारणबाट बिश्वमा नै आर्थिक लगायत अन्य समस्याहरु व्याप्त भएकोमा नेपाल पनि पर्यटन क्षेत्र लगायत आर्थिक श्रोतहरुमा अत्यन्तै प्रभावित हुनुका साथै रोजगारीमा समेत ठूलो प्रभाव परेको हुँदा आफ्नो क्षेत्रबाट सबैले उचित कर्तब्यहरुको पालना गरी सहयोग गरिदिनुहुन समेत अनुरोध गरिन्छ ।

तपाईंको बिचार