Monday, January 18, 2021

अधिकारीलाई गाउँले पर्यटन –नेपालका अध्यक्ष पौडेलद्वारा पीपीई प्रदान

प्रकाशित मिति: 2020/05/05
काठमाडौं, २३ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न अभियान चलाईरहेका समाजसेवी शिव अधिकारी अबिरललाई गाउँले पर्यटन–नेपाल (भिलेज टुरिजम – नेपाल) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले पनि मदत गरेका छन् । 
 
 
 
कोरोना संक्रमण रोकथामका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका पौडेललाई उपलब्ध सामग्रीमध्यबाट अधिकारीलाई २० थान पीपीई, एक सय  पिस माक्स र १ सय पिस ग्लोब्स प्रदान गरेका हुन । अधिकारीले उक्त सामग्रीहरु नुवाकोटाको तारकेश्वर र मेघाङ क्षेत्रमा प्रदान गरिसकेका छन् । 
 
 
साथै उनले आफ्नो अभियानमा साथ दिने पौडेलप्रति आभार प्रकट गर्दै नुवाकोटका अन्य क्षेत्रहरुमा पनि आगामी दिनमा यस्ता सहयोगहरु जारी राख्ने प्रतिवद्धता जनाए । 
 
गाउँले पर्यटन–नेपालका प्रमुख संरक्षक पूर्वमन्त्री सुनिलबहादुर थापा हुन । 
 

तपाईंको बिचार