Saturday, January 16, 2021

नुवाकोटको विभिन्न स्थानका लागि ४ पर्यटन व्यवसायीद्वारा माक्स सहयोग

प्रकाशित मिति: 2020/05/07
काठमाडौं, २५ बैशाख । गन्तव्य नेपाल ग्रुपका अध्यक्ष एवं समाजसेवी शिव अधिकारीले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरल संग जुध्न सहयोग पुर्याउने उदेश्यले नुवाकोटका विभिन्न ठाउँमा मास्क,स्यानीटाइजर, पिपिइ लगायतका स्वास्थ सामग्री प्रदान गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । 
 
पछिल्लो समय एलायन्स ट्रेक्स एन्ड एक्सपिडिसनका कुल बहादुर गुरुङ, ट्राभल लाईटकि कमला गुरुङ,बि एन्ड बि होटेलकि बिन्दु गुरुङ , पलेटि भान्सा घर रेस्टुरेन्टका किसनराज गुरुङले एक हजार पिस माक्स उपलब्ध गराई अधिकारीको समाजिक सेवाको कार्यमा साथ दिएका छन् ।  माक्स हस्तान्तरण गर्दै उनीहरुले सामाजिक सेवाको कार्यमा अधिकारीसँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए । 
 
अध्यक्ष अधिकारीले आफ्नो आग्रहलाई स्विकार गरि माक्स उपलब्ध गराएकोमा विशेष आभार प्रकट गरे । 
 
उनले नुवाकोटमा स्वास्थ सामग्री प्रदान गर्ने कार्य निरन्तर रहेको पनि जानकारी गराए । हालसम्म नुवाकोटका विभिन्न स्थानमा गरि कुल २१ हजार मास्क, ३७ थान पिपिइ एप्रोन सेट र ४ सय बढी स्यानिटाइजर बितरण गरिसकेका छ । 

तपाईंको बिचार