Tuesday, May 26, 2020

जापानमा तीन वटा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

प्रकाशित मिति: 2020/05/15
काठमाडौं, २ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ। नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो।
 
निगमको वाइडबडी जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ।
 
 
काठमाडौं–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ। निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो। यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो। निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ। आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ।

तपाईंको बिचार