Wednesday, July 8, 2020

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाबाट जोगिन संचरना निर्माण गरिदै

प्रकाशित मिति: 2020/05/26

काठमाडौं, १३ जेठ । लकडाउन खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट कोरोना भाइरस संक्रमण पैmलन नदिन विभिन्न संरचनाहरु निर्माणको काम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई गत शुक्रबार त्रिभुवन विमानस्थलको निर्माणधिन ति संरचनाहरुको निरीक्षण गरे । 

अहिले विमानस्थलमा यात्रुहरू बीच दुरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङ लगायतका संरचनाको निर्माण भइरहेको छ। जारी लकडाउन र कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि हवाई सेवा सुचारु हुनेछ । त्यसका लागि अब साविकको जस्तै गरी सेवा प्रदान गर्ने वातावरण रहनेछैन ।

विमानस्थलमा यात्रुले सामाजिक दुरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड पूरा गर्नुपर्छ ।

तपाईंको बिचार