Wednesday, July 8, 2020

हानले होटललाई क्वारेन्टाई बनाउन दिने

प्रकाशित मिति: 2020/05/26

काठमाडौं, १३ जेठ । होटललाई आवश्यकता अनुसार क्‍वारेन्टाइनको रूपमा प्रयोग दिन व्यवसायीहरु सहमत भएका छन् । क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा लाग्ने खर्च सहितको विस्तृत विवरण होटल संघ नेपालले पर्यटन विभागका महानिर्देशकलाई बुझाएको छ। 

होटललाई क्‍वारेन्टाइनको रूपमा प्रयोग गर्ने हो भने पर्यटकीयस्तरका होटल र पाँचतारे गरी २ प्रकारमा विभाजन गरिएको छ। पर्यटकीयस्तरको होटलमा क्‍वारेन्टाइनमा बस्ने एक्लो संक्रमितले दिनको ३ हजार रुपैयाँ र दुईजना बस्ने संक्रमितले दिनको ५ हजार रुपैयाँ तिनुपर्ने बताइएको छ। यस्तै पाँचतारे होटलको हकमा एक्लो बस्दा दिनको १० हजार रुपैयाँ र दुईजना बस्दा दिनको १६ हजार रुपैयाँ तिर्नुपर्ने संघले प्रस्ताव गरेको वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।


होटल सरसफाइ र सुरक्षाका दृष्टिकोणले स्तरीय हुने र विश्व स्वास्थ्य संगठनको दायरा अनुरूप नै पौष्टिक खानाको व्यवस्था पनि हुने हुँदा संघले खर्चलाई छुट्टाएको शाहले बताए। अथवा कुनै होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत बिना शुल्कमा पनि कोरोना संक्रमितलाई राख्न सक्ने छन् या आफ्ना होटललाई क्‍वारेन्टाइन नबनाउन पनि सक्ने बताइएको छ। 

 

संघले पेश गरेको विवरणमा भनिएको छ–क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्घक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायत कामदार कर्मचारीको पारि श्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्च नेपाल सरकारको वर्गीकरण अनुसार पर्यटकस्तरीयदेखि पाँचतारे होटलमा लाग्ने अनुमानित खर्चको शीर्षकअनुसार न्यूनतम आधारको रूपमा सबै सदस्य होटलको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको छ।

तपाईंको बिचार