Wednesday, July 8, 2020

नयाँ ल्याउन लागिएको पर्यटन ऐनमा सरकारलाई टूर्गानद्वारा सुझाव पेश

प्रकाशित मिति: 2020/06/22

काठमाडौं, ८ असार । सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐनमा टुरिष्ट गाईड एसोसिएशन अफ नेपाल (टूर्गान) ले सुझाव दिएको छ।  टूर्गानका अध्यक्ष केदार तामाङ्ग सहित पदाधिकारीहरुले आज संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई केही बुँदाहरु संशोधन सहितको सुझाव पत्र बुझाएका हुन । 

टूर्गानले छलफलको क्रममा रहेको पर्यटन विधेयकको दफा ३१ मा रहेको नगर गाईड भन्ने शब्द खारेजी गरि पर्वतीय पथपर्दशक, सांस्कृतिक पर्यटक पथपर्दशक, पदयात्रा पथपर्दशक वा स्थानीय पथपर्दशक तथा अन्य यस्तै वर्गीकरण गर्न, पर्यटक पथपर्दशकको नवीकरण गर्दा कुनै प्रकारको पुनर्ताजगी तालीम लिएको र टूर्गानको सिफारिस आवश्यक पर्ने व्यवस्था सहितको ऐन ल्याउन सुझाएको छ। 

त्यस्तै, बिदेशी नागरिक पथपर्दशकको रुपमा कार्य गर्न नपाउने अस्पष्टा रहेको र उक्त विषय स्पष्ट हुने गरि यस्तो कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था गर्न र कुनै संस्थाले अनाधिकृत ब्यक्तिलाई पथपर्दशकको काम लगाएमा पचास हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था गर्न भनेको छ। 
 
अध्यक्ष तामाङ्गले समयसापेक्ष ऐन निर्माण गरी पथपर्दशकको हकहित संरक्षण गर्दै पर्यटन क्षेत्रको विकासका लागि आफूहरूले सुझाव दिइएको बताए । 

सरकारले ४२ वर्षपछि नयाँ पर्यटन ऐन ल्याउन ल्याउन लागेको हो । वि.सं २०३५ सालमा ल्याइएको ऐन अहिलेसम्म कार्यान्वयनमा रहेको छ । 

तपाईंको बिचार