Tuesday, August 4, 2020

पर्यटन क्षेत्रले साउन ७ सम्ममा ७ अर्ब नोक्सानी व्यहोर्ने

प्रकाशित मिति: 2020/07/08

काठमाडौं, २४ असार । पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको बेहोरेको अनुमान गरिएको छ । प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो ।


यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब थपिने छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पर्यटनमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाइएको छ । मन्त्रालयका अनुसार लकडाउनयता मार्च २४ देखि ३० जुन सम्म २१४ उडानबाट १६६७२ जना नेपालीलाई उद्धार गरि नेपाल ल्याइएको छ ।

यसअवधिमा नेपालबाट १२४०८ व्यक्ति विदेश गएका छन् । यो अवधिमा कुल २६१ उडान भएकोमा नेपाल एयरलाइन्सबाट मात्र ९८ उडान र हिमालय एयरलाइन्सबाट ६२ उडान भएका छन् ।

तपाईंको बिचार