Tuesday, August 4, 2020

लकडाउनकैबीच पोखरा विमानस्थल निर्माणको काम तीब्र

प्रकाशित मिति: 2020/07/10

काठमाडौं, २६ असार । कोरोना संक्रमण न्यूनिकरणका लागि गरिएको लकडाउनकै बीच अधिकांश विकास निर्माणको काम प्रभावित बन्न पुग्यो । तर पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम भने लकडाउनकै बीच पनि जारी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको काम तोकिएकै समयमा सम्पन्न हुने गरी भइरहेको छ।  विमानस्थल सन् २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 

मन्त्रालयका अनुसार लकडाउनकै अवधिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९ प्रतिशतले बढेको छ। विमानस्थलको रन–वे निर्माणलगायत १४ वटा भवन निर्माणको काम सकिएको छ भने भवनमा फिनिसिङ तथा उपकरण जडानको काम सुरु भएको छ। 

त्यस्तै, विमानस्थलको पहुँच मार्ग, कार पार्किङ, टर्मिनल भवन आसपासको सडक निर्माणको काम पनि अन्तिम चरणमा पुर्‍याएको छ। अहिले २ सय ४४ चिनियाँ नागरिक र ९० नेपालीले काम गरिरहेका छन् ।

तपाईंको बिचार