Tuesday, August 4, 2020

थपलियाको संयोजकत्वमा कोरोना डिफेन्स अवार्ड छनोट समिति

प्रकाशित मिति: 2020/07/10

काठमाडौं, २६ असार । कोरोना महामारीबीच मानवीय तथा स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने देशभरका सामाजिक अभियन्ताहरूको सम्मान र प्रोत्साहनको उद्देश्यले गन्तव्य नेपालले यसै महिना प्रदान गर्न लागेको कोरोना डिफेन्स अवार्डका लागि योग्य व्यक्तित्वहरूको छनोट गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा समिति गठन गरिएको ।छ 

समितिमा नेपाल एयर लाइन्सका सन्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा,नेपाल पर्यटन परिषद्का सल्लाहकार गोपाल बाबु श्रेष्ठ , रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला रहेका छन् ।  

समितिले यथाशीघ्र देशैभर क्रियाशील सामाजिक व्यक्तित्वहरूको पहिचानसँगै महामारी विरुद्ध लड्ने अभियानमा उहाँहरूले पुर्याउनुभएको योगदानको अध्ययन र विश्लेषण गरी अवार्डका लागि योग्य व्यक्तित्वहरूको चयन गर्ने छन् । 

तपाईंको बिचार