Tuesday, August 4, 2020

सोमबार र मंगलबार चार्टर्ड उडान बन्द गरिने

प्रकाशित मिति: 2020/07/12

काठमाडौं, २८ असार । सोमबार र मंगलबार दुई दिन विदेशमा रहेका नेपालीको स्वदेश फर्काउने कार्य रोकिने भएको छ।  गत २३ जेठबाट सुरु भएको विदेशमा अलपत्र नेपालीको स्वदेश फर्काउने क्रम दुई दिन रोक्ने सरकारले जनाएको छ। 

विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचारीको विश्रामका लागि चार्टर्ड उडान नगर्ने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । 

अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा टिकट काटेर चार्टर्ड फ्लाइटबाट फर्किएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले नेपालबाट उडान गरिरहेका छन् । कुवेतबाट कुवेत सरकारले आममाफी पाएका नेपालीलाई आफ्नै खर्चमा जजिरा एयरलइन्समार्फत नेपाल ल्याइरहेको छ । केही खाडी मुलुकका एयरलाइन्समार्फत पनि सम्बन्धित देशका नेपाली नियोगले चार्टर्ड उडान गराएका छन् ।

अझै पनि विदेशमा नेपाल फर्किन चाहनेको सूचीमा ५० हजार नेपाली छन् ।

तपाईंको बिचार